
शनिबार, जेष्ठ ३१, २०७७
एजेन्सी – ड्यानियल ओल्मोको दुई गोल सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा ओल्मोले पहिलो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो । होफेनहाइनको मैदानमा खेलको नवौं मिनेटमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मार्सेल सवित्जरको पासमा ओल्मोले व्यक्तिगत दोस्रो गोल गर्दै लाइप्जिगलाई शुरुवातमै २–० को अग्रता दिलाए ।
शुरुवातमै २–० ले पछि परेपछि घरेलु टोलीले सुधारिएको खेल पस्कदै लाइप्जिगलाई दवावमा राखेपनि गोल नसक्दा पराजित हुन पुग्यो । लाइप्जिगले भने उक्त अग्रतालाई जोगाउन सफल भयो । जितसँगै लाइप्जिगले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
तेस्रो स्थानमा रहेको लाइप्जिगको ३१ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ६३ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको बायर्नको ७० अंक छ । पराजित होफेनहाइन ४३ अंक जोडेर सातौ स्थानमा यथावत छ ।
बुन्डेस लिगामा आज राति ६ खेल हुदैछ । शीर्षस्थानको बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाचसँग प्रतिस्पर्धा गर्दा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले फोर्टुना डुसेलडर्फको सामना गर्नेछ ।hamrokhelkud/from



