खेलकुद

भ्यालेन्सिया र लेभान्टेको नाटकीय बराबरी, ग्रानडाको पूनरागमन जित

शनिबार, जेष्ठ ३१, २०७७

एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया र लेभान्टेले नाटकीय बराबरी खेल्दा ग्रानडाले गेटाफेमाथि पूनरागमन जित निकालेको छ । भ्यालेन्सिया र लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्दा ग्रानडाले गेटाफेमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ नै धकेलिदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ अघि बढाएको थियो । १० खेलाडीमा समेटिएको लेभान्टेले इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा गोल गर्दै भ्यालेन्सियाबाट १ अंक खोस्न सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भ्यालेन्सियाका रुवेन भेजोले मोउक्टर डियावीलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भिएआरको सहायतामा लेभान्टेलाई पेनाल्टी दिएको थियो । जसमा गोन्जलो मेलेरो चुकेनन् ।

त्यसअघि खेलको ७४औं मिनेटमा रोजर दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिदा लेभान्टे १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै भ्यालेन्सिया सातौ स्थानमा यथावत रहँदा लेभान्टे ३४ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।

यस्तै ग्रानडामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा डेभिड टिमोर कोपोभीको गोलबाट घरेलु टोली पहिलो हाफमा १–० ले पछि परेको थियो । ७०औं मिनेटमा आत्मघाती गोलबाट घरेलु टोली खेलमा फर्किएको थियो ।

कार्लाेस फर्नान्डेजको प्रहारलाई डिजेनले जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८०औं मिनेटमा कार्लाेस फर्नान्डेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा ग्रानडा २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै ग्रानडा २८ खेलबाट ४१ अंक जोडेर आठौं स्थानमा उक्लदा हारपछि गेटाफेलले शीर्ष चारमा पुग्ने मौका गुमाएको छ । गेटाफे ४६ अंकसहित पाँचौं स्थानमा यथावत छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button