मूल खबर

नेपालकी सांसद बनाइएकी भारतीय चेली सरिता गिरीको पुतलादहन

२०७७, ३१ जेष्ठ शनिबार  ई-रातो खबर

काठमाडौँ : भारतीय चेली रहेकी समाजवादी दलकी सांसद सरिता गिरीले नेपालको राष्ट्रिय अखण्डताविरुद्ध बोलेको भन्दै युवा सङ्गठन कैलालीले शुक्रबार उनको पुतलादहन गरेको छ ।

केही समयअगाडि भारतीय साम्राज्यवादले नेपालको भूमि लिपुलेकमा हस्तक्षेप गरी चीन जोड्ने ब्यापारिक मार्गको उद्घाटन गरेको थियो । गुन्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने व्यापारिक मार्ग उद्घाटन गर्दासमेत भ्रष्ट, नालायक, राष्ट्रघाती केपी वली सरकारको उदासीनता र लाचारीपनप्रति नेकपाले विभिन्न किसिमका सङ्घर्ष गर्दै आएको थियो । सरकारले पनि लिपुलेक, कालापानीसहितको नक्सा जारी गरेको थायो । उक्त विषय संसद्मा संशोधनसहित पेस भइसकेको छ । गिरीले नेपालले भारतलाई नसोधी नक्सा जारी गर्नु नहुने मत राख्दै आएकी थिइन् । भारतीय चेली सांसद सरिता गिरीले संसद्मा त्यसको विपक्षमा विधेयकसमेत दर्ता गराएकी छिन् । सरिताको उक्त कदम देशद्रोही रहेको भन्दै त्यसका विरुद्ध नेकपाको युवा सङ्गठन नेपाल कैलालीले लम्कीको गुरुचोकमा उनको पुतला जलाउनुका साथै सरिता गिरी देश छोड, राष्ट्रघाती खबरदार, नेपाली भूमिको रक्षा गरलगायत नारा लगाउँदै जुलुस प्रदर्शन गरेका हो ।

त्यस्तै साम्राज्यवादी मुलुक भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुन्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने व्यापारिक मार्ग उद्घाटन गर्दासमेत भ्रष्ट, नालायक, राष्ट्रघाती वली सरकारको उदासीनताको विरोध गर्दै उक्त कार्य तत्काल रोक्नका लागि भारतीय सरकारसँग कूटनीतिक पहल गर्नका लागि नेपाल सरकारसँग माग गरेको नेकपाको युवा सङ्गठन नेपाल कैलालीका अध्यक्ष विष्णुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button