खबर

विरोध प्रदर्शनमा सहभागी पाँच जना विदेशी नागरिक पक्राउ

३१ जेष्ठ २०७७, शनिबार
न्युज अफ नेपाल, काठमाडौं ।

सरकारविरुद्ध माइतीघर मण्डलमा भइरहेको प्रदर्शनमा सहभागी पाँच जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएपछि क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च गरी पाँच जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुका साथसाथै केही नेपाली समेत पक्राउ परेका छन् ।

कानुन अनुसार विदेशी नागरिके नेपालको कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा सहभागी हुन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button