खबर

प्यूठानको क्वारेन्टिनमै जन्मियो शिशु

३१ जेष्ठ २०७७, शनिबार
न्युज अफ नेपाल, प्यूठान ।

प्यूठानको नौबहिनी गाउँपालिका –७ को गोगनपानीमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् ।

स्थानीय नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति क्वारेन्टिनमै शिशुलाई जन्म दिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव पुनले जानकारी दिए। उनका अनुसार सरस्वतीले गए राति १२ बजेर ६ मिनेटमा छोरा जन्माएकी हुन ।

सरस्वती र उनका श्रीमान् प्रेम पुन यही जेठ १७ गते भारतको चेन्नेईबाट आएर क्वारेन्टिनमा बसेका थिए। पुन दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।
उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा छिन । उनको आज आरडिटी गरिने समेत गाउपालिका स्वास्थ्य शाखाले बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button