स्वास्थ्य

बाँके, बर्दिया र रोल्पामा ४२ जना नयाँ कोराना सङ्क्रमित

गोविन्द शर्मा । सिराज खान
नेपालगञ्ज, जेठ ३१ । बाँके, बर्दिया र रोल्पाका गरि ४२ जनामा शनिबार कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना गरि ४२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार,बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका ३ र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा सङ्क्रमण देखिएको छ । यसैगरी बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनीलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका ५ जनामा सङ्क्रमण देखिएको हो ।गोरखापत्र अनलाइन  जेष्ठ ३१, २०७७ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button