खबर

गाँजासहित दुई महिला, एक पुरुष पक्राउ

 

गाँजासहित दुई महिला, एक पुरुष पक्राउ

सिलगढी : सिलगढी प्रधान नगर थानाले गाँजा तस्करी गरेको आरोपमा दुईजना महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मिलन दास अनि बन्सती मुर्मूर (30), सिमा मन्हतो (32) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार यी तीनैजना दक्षिण दिनाजपुरका वासिन्दा हुन्। पुलिसले तिनीहरूबाट 22 किलो गाँजा उद्धार गरेको छ। तीनैजना आरोपी विरूद्ध प्रधान नगर थाना पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। गोप्य सूचनाको आधारमा कोचबिहारबाट सिलगढी आइरहेको एउटा बसमा गत राति पुलिसले सादा पोसाकमा अभियान चलाएर तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। आज पक्रा पर्नेहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ।
19 वटा समाजहरू मिलेर सोनादा क्षेत्रमा सेनिटाइज

सोनादा: सोनादाको 19 वटा समाजहरू मिलेर गठित युनाईटेड सोसाइटीद्वारा सोनादा क्षेत्रमा सेनिटाइजको कार्य सम्पन्न गरियो। दार्जीलिङ अग्निशमन विभागको सहयोगमा सोनादा क्षेत्रमा गरिएको उक्त सेनिटाइजको कार्य अराजनैतिक रुपमा विभिन्न समाजहरू मिलेर संयुक्त रूपमा गरिएको बताइएको छ। यस सेनिटाइजको कार्यमा चाहिने सबै सेनिटाइजको दबाईहरू 19 वटा समाजहरू अनि विभिन्न स्वनिर्भर दलहरू मिलेर संकलन गरिएको जानकारी युनाईटेड सोसाइटी सोनादाका सचिव राजीव राईले दिएका छन् । तिनले यो सेनिटाइजको कार्य 19 वटा समाजहरूमा प्रत्येक समाजबाट 1500 रूपियाँ गरेर संकलन गरिएको साथै सेनिटाइजको कार्य सोनादाको सरस्वती डाँड़ादेखि 11 माइलसम्म गरिने भएको बताएका छन्। यस कार्यमा सहयोग गर्ने सोनादा क्षेत्रका गैर सरकारी संस्थाहरू र स्वनिर्भर दलहरूलाई पनि तिनले धन्यवाद दिएका छन्।
क्वारेन्टाइनमा बस्नेहरूको स्वास्थ्य जाँच गर्न नआएको गुनासो

पोख्रेबुङ : नव स्वस्तिका परिवार समरीपानीको एउटा सभा दिवकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। आशाकर्मी, आईसीडीएस, सर्भिलेन्स कमिटी तथा ग्रामवासीलाई लिएर स्थानीय सार्वजनिक भवनमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै वक्ताहरूले बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका मानिसहरूको स्वास्थ्य जाँच गर्न स्वास्थ्य विभागबाट कोही नआएको तथा सर्भिलेन्स कमिटीले पनि खासै पहल नगरेको विषयमा चर्चा परिचर्चा गरियो। उपस्थित विभागीय प्रतिनिधिलाई यसबारे उचित पहल गरिदिने सबैले अपील गरेका छन्।jun,15 siliguritimes/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button