
मेचीनगर । मेचीनगरमा थप १ जनामा कोरोना संक्रमण भएको छ । सोमबार मेचीनगर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका वर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
जेठ २७ गते भारतबाट आएकै दिन उनको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको क्वारेन्टाइन ब्यवस्थापन समिति मेचीनगर संयोजक नबिन बरालले बताए । कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संख्यासंगै मेचीनगरमा ३ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा झापामा संक्रमितको संख्या १७६ पुगेको छ ।



