
झापा । वर्तमान सरकारले नागरिकको स्वास्थ्यमा खेलबाड र कोरोना महामारीको समयमा भ्रष्टचारमा लिप्त भएको आरोप लगाउँदै आज काँग्रेस झापाले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)सरकार कोरोना संक्रमणको महामारीमा नागरिकको स्वास्थ्य सुरक्षामा भन्दा भ्रष्टचारतर्फ लिप्त भएको आरोप ज्ञापन पत्रमा रहेको छ ।आज झापाको चन्द्रगढी स्थित ट्रेडयुनियन चौकमा भेला भएका नेपाली काँग्रेस झापाका नेता र कार्यकर्ताहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको पत्रकार कृष्ण हुमाँगाईले जानकारी दिएकाछन् ।







