खबर

नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो

२०७७ असार ३

ललितपुर । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

डा गौतमका अनुसार अहिले सम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button