स्वास्थ्य

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि

असार ४, २०७७

सिन्धुलीमाढी – सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो।

क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक तिमल्सिनाले बताए ।

‘‘लामो यात्राको थकानका कारण क्वारेन्टाइनमा रहनेको शक्ति कमजोर भई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले शक्तिबद्धर्क चुर्ण वितरण सुरु गरेका छौँ,’’ वैद्य तिमल्सिनाले भने, ‘‘इम्यिुनिटी पावर बढाउने खालका आयुर्वेद चुर्णले धेरै रोग लाग्नबाट जोगाउँछ । ’’ क्वारेन्टिनमा रहनेलाई स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि दिने गरेको उनले सुनाए ।

केन्द्रका वैद्य निरीक्षक तिमल्सिनाका अनुसार भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षणसँगै तनाव व्यवस्थापन प्रशिक्षण दिने गरिएको छ । आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button