
आइतवार, अषाढ ७, २०७७
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिचले इटालियन क्लब एसी मिलान जाने योजना बनाएका छन् । अघिल्लो सिजन मात्रै रियलमा आएका जोभिचले समरमा नै मिलान जाने योजना बनाएका हुन् ।
अघिल्लो सिजन मात्रै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टबाट ५४ मिलियन पाउन्डमा रियलमा आएका उनी निकै फ्लप देखिए । जिनेदिन जिदानको प्रशिक्षणमा जोभिकले ला लिगामा चार खेलमा मौका पाउदा २ गोल गरेका छन् । रियलले जोभिचलाई करिम बेन्जेमाको विकल्पको रुपमा क्लबमा अनुबन्ध गरेको थियो । तर, उनले रियलमा सोचेअनुरुपको खेल पस्कनै नसक्दा बेच्ने योजना बनाएको छ ।
रियलमा प्रभावकारी प्रदर्शन गर्नबाट चुकेका उनी इटलीमा आफ्नो प्रदर्शनलाई सुधार्न चहान्छ । जोभिचले फ्रान्कफर्टमा २०१८÷१९ को सिजमा २७ गोल गरेका थिए । जोभिचले आफ्ना टिमका पुर्व सहयात्री एन्टी रेविचसँग पुनः जोडिएर खेल्ने योजना रहेको बताएको छ । जोभिच म्याड्रिडमा आउँदा रेविच मिलान पुगेका थिए ।
जोभिच अहिले चोटका कारण टिम बाहिर रहेका छन् । उनी कोरोना संक्रमण सुरु हुँदाको समयमा सर्बिया पुगेपनि त्यहाँ लकडाउनको नियम उल्लंघन गरेपछि आलोचनाको शिकार भएका थिए ।hamrokhelkud/from



