मूल खबर

झापाको मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

काँकरभिट्टा, ७ असार ÷ झापाको मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । आइतबार नगरका विभिन्न क्वारेण्टिनमा बसेका थप २ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि भारतलगायत अन्य मुलुकबाट आएका तीननजनामा कोरानो संक्रमण फेला परेको थियो ।
समाचार स्रोतका अनुसार मेचीनगर–६ र ५ नम्बर वडाका दुई जना पुरुषमा कोरोना संक्रमण फेला परेको हो । उनीहरु दुवै जना भारतबाट आएको बुझिएको छ । मेचीनगर–६ का ३३ वर्षीय पुरुष भारतको युपिबाट गत जेठ ३० गते काँकरभिट्टा भित्रिएका हुन् । त्यस्तै ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुष पनि भारतबाट आएको समाचार श्रोतले जनाएको छ ।
दुवै जनाको असार ३ गते पीसीआर परीक्षण गरिएको थियो । आइतबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।यसै बीच मेचीनगर ६ बस्ने एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनको घरलाई मेचीनगर नगरपालिकाले आज डोरीले घेरको छ । नगरपालिकाबाट कर्मचारीले उनको घरमा सामान्य प्लाष्टिकको डोरीले घेरको र उक्त डोरी रातको समयमा बाटोमा आवत जावत गर्ने मानिस र सवारी साधनले समेत देख्न नसक्ने भएकाले डोरीले अल्झाएर अर्को समस्या आउन सक्ने स्थानिय बताउँछन् । स्वास्थ्य सुरक्षाका लागि घेरिएको सो डोरीमा कुनै देखिने सांकेतिक रङ्ग नभएकाले थाहा नपाएर सवारी चलाउने र बाटोमा हिड्ने मानिस लड्न सक्ने स्थानिय बताउँछन् । कम्तिामा रातको समयमा देखिने पहेलो रङ्गको डोरीले घेरेको भए टाढैबाट डोरी देखिने थियो एक स्थानियले चौतारी पोष्ट अनलाइनलाई बताए । उनका अनुसार उक्त क्षेत्रमा सामान्य प्लाष्टिकको डोरीले घेरेको र नजिकबाट समेत रातको समयमा डोरी देख्न नसकिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button