
९ असार,२०७७
काँकरभिट्टा। झापाको मेचीनगर–८ स्थित सालघारीमा स्वास्थ्य चौकी भवन मंगलबार शिलान्यास भएको छ। स्वास्थ्य चौकी भवनको शिलन्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए ।
मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवासहितको पुर्वाधार थप्दै दक्ष जनशक्तिका साथ निकट भबिष्यमा २५ सैैयाको बनाउँँदै अगाडि बढ्नेमा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरे ।
संघीय सरकारबाट स्वास्थ्य मन्त्रालयमार्फत उक्त भवन निमार्णका लागि २८ लाख रकम छुट्टिएको र सोही अनुसार स्वास्थ्य चौकी भवन निर्माणमा वडा कार्यालय लागि परेको उक्त वडा अध्यक्ष विकेन्द्र धिमालले बताए ।
सो भवन निर्माणका लागि स्थानिय मेचीनगर–८ का स्थानिय दिलप्रसाद र किशोर तिम्सिनाले आफ्ना पिता र माता शम्भुप्रसाद र सीता तिम्सिनाको स्मरणमा चलन चल्तीको मूल्य ८८ लाख बराबरको ४ कठ्ठा जग्गा दान गरेका थिए ।
शिलान्यास कार्यक्रम मेचीनगर–८ का वडा सदस्य गंगा पाठक, खिला मेचे, नेकपा जिल्ला सदस्य तथा पूर्व जनप्रतिनिधी डिल्लीराम घिमिरे, लालबहादुर थामी, नेकपा मेचीनगर ईन्चार्ज देवकुमार राई, मेचीनगर अध्यक्ष माधव अर्याल, राप्रपा मेचीनगर पूर्व अध्यक्ष गोविन्द ओली, नेपाली कांग्रेस वडा सभापती गिरीराज धमला, नेकपा वडा सचिव बिष्णु भट्टराई, जनता समाजवादी पार्टी मेचीनगर सहसचिव पवन मेचे, राष्ट्रिय युवा संघ नेपालका रविन ओझा, ओम तिम्सिना, रघु धिमाल, समाजसेवी अर्जुन पोख्रेल, दशरथ खडिया, समाजसेवी विकास देवकोटालगायतको उपस्थिती रहेको थियो ।
मेचीनगर – ८ वडा अध्यक्ष विकेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रम सञ्चालन नेकपा मेचीनगर–८ का वडा अध्यक्ष कुन्दन निरौलाले गरेका थिए ।



