मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको छैैठौँ नगरसभा बजेट र श्रोत बाँडफाडको विवादका कारण हुन सकेन । आज (बुधवार) हुने भनिएको मेचीनगर नगरपालिकाको छैठौ नगर सभा नगरका मेयर बिमल आचार्यका कारण हुन नसेको कार्यपालिका सदस्य टीकाराम मंग्रातीले बताए । कार्यपालिका सदस्य मंग्रातीका अनुसार नगरको बजेट बिनयोजनका विषयमा बहुमत जनप्रतिनिधी र मेयरका बीच असमति भएपछि स्थगन भएको र यसको सम्पूर्ण जिम्मेवारी नगरका मेयरका कारण भएको समेत मंग्रातीको आरोप छ ।
कार्यपालिका सदस्य मंग्रातीका अनुसार नगरमा प्रतिनिधित्व गर्ने बहुमत जनप्रतिनिधीको बजेट बिनयोजन र योजना बाँडफाडको योजना वडालाई बलियो बनाउने र जनमूखि भएको तर नगरका मेयरले आम नगरवासीको भावना बिपरित वडालाई कमजोर बनाउने र आफू खुशीको बजेट लाद्न खोज्दा विवाद भएको उनको आरोप छ । नगर सभामा मेयरको एउटा बजेट खाका र उपमेयर सहित बहुमत जनप्रतिनिधीको अर्को बजेट खाका रहेको थियो । मेयरले आफू खुशीको बजेट लाद्न खाजेपछि आफुहरुलाई अमान्य भएको उनले बताए ।
मंग्रातीका अनुसार मेचीनगरका कार्यकारी प्रमुख महेन्द्रकुमार खम्याङ्गले समेत बहुमत जनप्रतिनिधीको बजेट योजना सम्बन्धि विवरणको प्रस्ताव माईन्यूट गर्न अटेर गरेको उनको आरोप छ । सदस्य मंग्रातीले चौतारी पोष्ट अनलाइनलाई बताए अनुसार कार्यकारी प्रमुख खम्याङ्गले मेयरको आदेश बिना माईन्युट गर्न नमिल्ने भन्दै मेयरकै पक्षमा लागेको आरोप लगाए ।
बहुमत जनप्रतिनिधी नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) को रहेको मेचीनगर नगरपलिकामा नेपाली काँग्रेस अल्पमतमा रहेको छ । नेकपाका जनप्रतिनिधीहरुले नगरको बजेटलाई वडा सरकारलाई बलियो बनाउने, बजेट समानुपातिक र जनमूखि बनाउने योजना अन्तरगत रहेको र मेयरको ब्यक्तिगत धारणाका आधारमा बजेट आएको समेत मंग्रातीको आरोप रहेको छ । एक प्रश्नको जवाफमा मंग्रातीले भने— हाम्रो वैचारिक पक्षनै निमुखा जनताको पक्ष रहेको हुन्छ , हामी झोपडी र झोपडीमा बस्नेहरुका पक्षमा रहनु हाम्रो सैद्धान्तिक धर्म र जिम्मेवारी हो यसैले यो बजेट वडा सरकारलाई बलियो बनाउने र वडा सरकार मार्फत ग्रामिण भेगलाई बिकासको यात्रामा डो¥याउने हो तर मेयरसापको बजेट यसको ठिक बिपरित थियो जो हामीले स्विकार्ने कुरै भएन उनले भने । कानूनत प्रत्येका पािलकाको नगरसभा असार १० गते भित्र अनिवार्य गरि सक्नु पर्ने प्रावधान रहेको छ । तर, मेचीनगरपालिकामा बजेट र योजना तर्जुमा विवादका कारण स्थगित बन्न पुगेको नगरसभाको कानूनी जटिलताले निम्याउने समस्याको जिम्मेवार पनि नगरका मेयरनै हुनु पर्ने मंग्रातीको जिकिर रहेकोछ । उनले भने— बहुमतको जनप्रतिनिधीको प्रस्तावलाई लत्याउने मेयरसाप र मेयरको आदेश बिना माईन्युट नलेख्ने कर्मचारीलाई थाहा हुनु पर्छ यो कानूनी जटिलताको निकास पनि मंग्रातीको कथन थियो ।
0 20 1 minute read



