
ललितपुर । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा आज नवलपरासीको कावासोतीमा राजवादीहरुले प्रदर्शन गरेकाछन् । शाही युवा शक्ति नेपाल जिल्ला कार्य समितिको आयोजना सो प्रदर्शन गरिएको समितिका अध्यक्ष राजेश मैनालीले जानकारी दिएकाछन् । शाही युवा शक्ति नेपाल नवलपुर जिल्ला समितका अध्यक्ष मैनाली आफुलाई राजवादी भन्न समेत रुचाउँछन् ।
नेपालमा एमसीसी आबाश्यक नभएको र यसले नेपाल र नेपालीको हितमा काम नगर्ने भएकाले यसको औचित्य नभएको मैनालीले बताए । शाही युवा शक्ति नेपालले आयोजना गरेको सो बिरोध प्रदर्शनको नेतृत्व समेत मैनालीलेनै गरेका थिए ।



