स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

२९ असार २०७७

ललितपुर ।

आज थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ। कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button