
तारा पौडेल
कविता
सुर्य ढाकि बाद्लले छाँया बनाँयो
सुर्य ढाकि बादलले छाँया बनायो
कच्पलटिएको गाडे घाउले सबलाई सतायो
दिनहुुँ आज भन्दा भोलि उसलाई यस्तो बनायो
दुईटा नेत्र कम भो एक चाहिँ बढायो
ढुकुटीनै र्याल काढदै चाटने बनायो
नेपथ्यमा कुकर्मलाई स्रोत बनायो
आँखी झियालबाट मलाई चिहाउने बनायो
मौनताना लीनहुन बाध्य गरायो
राम्रो भन्दा हाम्रो छान्ने आदत बसायो
स्वभीमानी पन आज तुइने बनायो
छिमेकिको ईशारामा नाच्ने बनायो
सुनको कचौरामा बसि माग्ने बनायो
आशाका ती पालुवा हरु खोज्ने बनायो
सुर्य ढाकि बादलले छाँया बनायो
कचप्लटिएको गाडे घाउले सबलाई सतायो
दिनहुँ आज भन्दा भोलि उसलाई एस्तो बनायो।
पशुपतिनगर, ईलाम


