
तारा पौडेल
गजल
भिजाएँ जिन्दगी दुखमा कटाएँ
पिर अँगाल्दै सुखमा कटाएँ
रहर उमाल्दै प्रेमको दिप बाली
दुख ती छोपेर हासोँमा भिजाएँ
कयौ रहर तिम्रा रोदनमा बितेछ्न
धेरै आशाका पालुवा पर्खाइमा भिजाएँ
कहिले आफैलाई भिजाएँ बेय्थामा
कहिले स्वर्गको बगरमा भिजाएँ
चुँडियो जिन्दगी भोगाईको कष्टमा
पखाल्दै दुख नै सागरमा भिजाएँ
भिजाएँ जिन्दगी दुखमा कटाएँ
पिर अँगाल्दै सुखमा कटाएँ ।
पशुपतिनगर


