९ साउन , काँकरभिट्टा ।
झापाको मेचीनगर २ मा खुकुरी प्रहार गरी आज एक ब्यक्तिको हत्या गरिएको छ । मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिएकाछन् ।
खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो करीब ३ः३० बजेतिर भृकुटी बजारमा अज्ञात ब्यक्तिले आचार्यलाई खुकुरी प्रहार गरेर फरार रहेका थिए । हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।



