
श्रावण ११, २०७७
एजेन्सी – भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट सस्सुलोले चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नेपोलीले सस्सुलोमाथि २–० को नाटकीय जित निकालेको छ ।
नेपोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा इलसिड ह्यासाज र एलानले गोल गरे । खेलको आठौं मिनेटम नै लेफ्टब्याक इलसिडले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले चार गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा पराजित हुन पुग्यो ।
सस्सुलोको चार गोलमध्ये तीन गोलमा अफसाइड देखिएपनि एक गोलमा अफसाइड देखिएको थिएन । सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन । इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जित दिलाए । ३२औं मिनेटमा फिलिप डुरिसिसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।
फ्रान्सिस्को कापुटोले पास दिनुअघि नै उनी अफसाइड पोजिसनमा रहेका थिए । ३७औं मिनेटमा फिलिप डुरिसिसले अर्काे गोल गरेपनि गोलले मान्यता पाएन । हामेद ट्राओरेको प्रहारलाई गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि रिवाउन्डमा फिलिप डुरिसिसले गोल गरेका थिए । तर, हामेद ट्राओरे अफसाइड पोजिसनमा रहेका थिए ।
४९औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा डोमिनिको बेरारडीलेले अर्काे गोल गरेपनि उनको गोलले मान्यता पाएन ।
यो जितले नेपोली ५९ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । नेपोली पाँचौ स्थानको रोमाभन्दा २ तथा छैटौ स्थानको एसी मिलानभन्दा एक अंकले पछि छ । आठौं स्थनमा रहेको सस्सुलोको ४८ अंक रहेको छ ।
यस्तै अर्काे खेलमा पार्माले ब्रेसियामाथि २–१ को जित निकालेको छ । यो जितले पार्मा ४६ अंक जोडेर १०औं स्थानमा यथावत रहँदा ब्रेसिया दोस्रो डिभिजनमा घटुवा भएको छ । सिरी ‘ए’ दुई चरणको खेल बाँकी रहँदा ब्रेसिया २४ अंक जोडेर १९औं स्थानमा छ । जुन रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको १२ अंक कम हो ।hamrokhelkud/from



