युवराज भण्डारी
गुल्मी । धुर्कोट गाउँपालिका –६, कमेरपानीका ५७ बिर्षय बोम बहादुर घर्ती क्षेत्रीको तरकारी खेती लोभलाग्दो छ। १८ वर्षदेखि उनी यही तरकारी खेतीमै मग्न छन्। हिउँदे÷बर्खे तरकारी बिक्री गरेर उनको परिवार चलेको छ तर अहिले ऊनी स्मार्ट तरिका (बैज्ञानिक)बाट खेती गर्दै आएका छन्।
प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत उनि व्यावसायिक कृषिमा आवद्ध भए। पहिले घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्दै आएका क्षेत्री अहिले व्यावसायिकरुपमा कृषिमा संलग्न भएका छन्। सुरुमा मकै÷गहुँ लगाउने बारीका पाटाभरि तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे। तर, उनले तरकारी खेतीबाट गरेको आम्दानी देखेर अचेल छिमेकीले पनि तरकारी लगाउन थालेका छन्।
अहिले उनको बारीमा टमाटर र बन्दागोभीका बोटहरू हुर्किरहेका छन्। ‘टमाटार भर्खर फल्न थालेको छ,’ उनले भने, ‘बन्दा भर्खर लगाएको छु ।’ रोगकीरा नलागे ३÷४ लाख रुपैयाँभन्दा बढी बचत गर्ने योजनासहित मिहिनेत गरेको उनले सुनाए। ‘बजारमा भाउ भएकै समयमा टमाटर निस्कन थालेको छ,’ उनले भने, ‘बन्दाको पनि भाउ पाए राम्रो कमाइ हुन्थ्यो।’
एउटा टमाटरको बोटमा ४ देखि ६ किलोसम्म फल्ने गरेको उनले सुनाए। गतबर्ष ५ कुइन्टल टमाटर, २ कुइन्टल सीवी, ७ कुइन्टल बन्दा बेचेको सुनाए। उपभोक्ता र किसान दुवै बिचौलियाका कारण समस्यामा पर्ने गरेको उनले सुनाए। ‘बिचौलियाले २५÷३० रुपैयाँ फाइदा राखेर तरकारी खरिद गरी बिक्री गर्छन्,’ उनले भने, ‘आखिर मर्ने त उपभोक्ता र हामीजस्ता किसान नै हो।’
‘०६५ सालदेखि तरकारी खेती गर्न थालेको हुँ, व्यावसायिकरूपले ३/४ बर्ष भयो’ उनले भने, ‘अन्यत्र जागिर गरेको भए पेन्सन निस्कने बेला भो। अझै माटोमै दुई नंग्रा खियाइरहेको छु। तर, पछुतो छैन।’ दुई छोराहरूलाई पठनपाठनलगायत अन्य सबै खर्च तरकारीको आम्दानीले धानेको उनले सुनाए। ‘युवा अवस्थादेखि नै यसैमा लागियो,’ उनले भने, ‘भाउ पाएका बेला राम्रो कमाइ हुन्छ। नपाए पनि लगानी खेर जाँदैन।’ यसपालि धेरै बर्षातको कारण तरकारी खेतीमा केही नोक्सानी गरेको उनले सुनाए।
गाउँपालिकाको मुख्य केन्द्र बर्बोटमा कृषि संकलन केन्द्र भए गाउँपालिकाका किसानलाई राहत मिल्ने क्षेत्रीको भनाइ छ। तरकारी खेती गरेको यतिका वर्ष बिते पनि सरकारी अनुदानका लागि अहिलेसम्म आफू कतै नगएको तर पछिल्लो समय गाउँपालिकाले केही सहयोग गरेको र ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ बाट एउटा हाते ट्रयक्टर, १ ओटा स्थाइ टनेल आएको र ५ ओटा स्थाइ टनेल आउने क्रममा रहेको बताए। ‘हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउने बाटो र बजारको सुनिश्चितता गाउँपालिकाले गरिदिनुपर्छ’ उनले भने।
किसानहरुको उत्पादनको उचित मूल्यसहित बजारीकरणको व्यवस्था गरिने बताउछन्, धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरे। भर्खर मात्र पैँचो पसल स्थापना गरिएको र पैँचो पसलले किसानका उत्पादन खरीद गर्ने उनको भनाइ छ। उनले किसानले उत्पादन बढाउनुपर्ने र त्यसको बजारीकरण तम्घासमा गरिने पोखरेलले बताए। उनले भने, ‘‘अब किसानले आफूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार भएन वा उचित मूल्य पाइएन भन्ने गुनासो रहँदैन।halokhabar/from



