स्वास्थ्य

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५९ पुग्यो

२०७७ श्रावण २१
काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार १८ वर्षकी ती युवतीको मंगलबार राती मृत्यु भएको हो। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको हो।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता हुने समस्या देखिएपछि उपचारका लागि नेसनल मेडिकल कलेजमा लगिएको थियो। तर उनको अस्पताल नपुग्दै मृत्यु भएको बताइएको छ। नेपालमा कोरोना संक्रमित ५९ जनाको मृत्यु भएको छ। पर्सामा मात्र १३ जनाको मृत्यु भइसकेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button