खबर

कोरोनाले पचास वर्षपछि दिदीबहिनीलाइ भेटायो

२१ श्रावण २०७७, बुधबार
न्युयोर्क, (एजेन्सी)

विगत पचास वर्ष भन्न्दा लामो समयदेखि एक अर्कासंग कुने सम्पर्क नै हुन नसकेका अमेरिकाको नेव्रास्काका दुई दिदी बहिनीको नाटकीय ढंगले कोभिड १९ कै कारण पुनर्मिलन भएको छ । फ्रमोन्ट स्थित डन्क्लाउ गार्डेन्स नामक स्स्वास्थ स्याहार केन्द«मा उपचार सहायकको रुपमा कार्यरत ५३ वर्षिया बेव बोरोले बिरामीको नाम सुचि जाँच्द गर्दा त्यसमा उल्लेखित ७३ वर्षिया डोरिस क्रिप्पेनलाई आफुले तत्काले आफ्नी दिदी हुन् भनेर चिनेको बताएकी छन् ।

उनले लामो समय देखि आफ्नी दिदीलाई खोजिरहेकी थिइन् । कोभिड १९ संक्रमण र हात भाँचिएको कारण क्रिप्पेनको एक महिना भन्दा लामो समय समम नेव्रास्का मेडिसिनमा उपचार भएको थियो । अलि कान कमै सुन्ने भएकाले विगतमा दिदीसंग सेतो बार्डमा लेखेर संवाद गर्ने गरेको सम्झेपछि अहिले पनि श्रवण शक्ति कमजोर रहेकी क्रिप्पेन नै आफ्नी दिदी हुनुपर्ने यकिन बोरोलाई भएको थियो । तिनीहरु एउटै पिता वेनडल हफम्यान तर फरक फरक आमाबाट जन्मेककी थिइन् ।

तर तिनीहरु छुटाछुटै घरमा हुर्केका थिए । छ महिना भन्दा कम उमेरमै बोरोलाई बाल स्याहार केन्दमा राखिएको थियो । अन्तत बोरोलाई कसैले धर्मपुत्री बनाएको थियो । हफम्यानका तीवटा पत्नीबाट जन्मेका दस सन्तान मध्ये क्रिप्पेन जेठी तथा बोरो सबैभन्दा कान्छि थिइन् । क्रिप्पेनले त्यति लामो समयपछि बहिनी भेटाउन सकेकोमा आफु संसारकै सबैभन्दा सुखी व्यक्ति भउको दि वासिंगटन पोष्टलाई बताएकीछन् ।

newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button