कला

प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी पुस्तक तयार पार्ने

काठमाडौं,

नेपालमा परम्परागत तथा मौलिक लोकबाजा सम्बन्धी अहिलेसम्म कुनै आधिकारिक पाठ्यसामग्री तयार हुन सकेका थिएनन् । तर, अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी यस्तो पाठ्य पुस्तक तयार पार्ने भएको हो ।

प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यससम्बन्धी सैद्धान्तिक, परिचायत्मक र व्यावहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको अभाव महसुस गरी यही वर्षभित्र सो सम्बन्धी पाठ्य पुस्तक तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए । प्राज्ञ राईले भने- ‘टुङ्ना, सारङ्गी, सहनाई, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायो जस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरू सम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्य पुस्तकले पूरा गर्नेछ ।’

राईका अनुसार सो पाठ्य पुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको छ । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्‍याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button