२९ साउन २०७७
शनिश्चरे । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकार जनताकै धर दैलोमा आउने र जनतालाई सेवा सुविधा दिने बताएकाछन् ।
झापाको अर्जुनधारा नग।पालिका वडा नं। ६ र ९ स्थित माता मन्दिर प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्र्तगत निर्मित डेढ किलोमिटर लम्बाईको नवनिर्मित सडक आज प्रमुख अतिथिको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब सरकार खोज्न पहिला पहिला जस्तो सिंहदरबार जानु नपर्ने सरकार आफैं जनताको घर दैलोमा बिकास लिएर आउने बताए ।
देश संघीयतामा गएको र जनताले अब तीन तहको सरकार भेटने बताउँदै मुख्यमन्त्री राईले स्थानीय प्रदेश र केन्द्रले मिलेर जनताका समस्या तत्काल समाधानमा काम गरिरहेको पनि बताउनुभयो । सानातिना काम स्थानीय स्तरबाट, मझौला प्रकृतिका प्रदेश सरकारबाट र ठूला आयोजनाहरु संघीय सरकारबाट पुरा हुने पनि उनले बताए ।

शान्ति निर्माण सेवाले मिति २०७७ बैशाख २२ गते सम्झौता सम्झौता गरेर ०७७ असार २१ म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि भारी वर्षाका कारण निर्माणकार्य केही ढिला हुन गएको ठेकदार कम्पनीका साझेदार अनिल भट्टराईले बताए । कूल ८८ लाख ११ हजार १७१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त सडक खण्डको १५० मिटर भाग निर्माणमा बजेट अभाव भएपछि अर्जुनधारा नगरपालिकाले आ।व। २०७७।०७८ को बजेटबाट निकासा दिनेगरी १० लाखरकम बिनियोजन गरेपछि निर्माणकार्य सहज भएको निर्माण व्यवसायी संघ झापाका अध्यक्ष तथा स्थानीय बासिन्दा मिदन बस्नेतले जानकारी गराएका थिए ।
अर्का स्थानीय बासिन्दा यामबहादुर कार्कीले पाँच मिटर चौडाई र ३० एम एम प्रिमिक्स क्याप्चर कालोपत्रे भएको र स्थानीय बासिन्दा अनि उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा निर्माण कार्य सम्पन्न भएका कारण ठेकदारबाट कुनै लापरवाही नभएको बताए।
निर्माण समितिका अध्यक्ष रामप्रसाद भट्टराइको सभापतित्वमा भएको सो बाटो समुद्घाटन कार्यक्रममा बाटो निर्माणमा राम्रो कार्य सम्पादन गरेको भन्दै शान्ति निर्माण सेवालाई उपभोक्त समितिले सम्मान मायाको चिनोले सम्मान गरेको थियो । उक्त सम्मान पत्र र पत्र मुख्यमन्त्री शेरधन राईले निर्माण कम्पनीका साझेदार अनिल भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
निर्माण समितिका उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले स्वागत र श्याम घिमिरे सञ्चालन गर्नुभएको सो बाटो समुद्घाटन कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री राम राना, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना,नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको सहभागिता रहेको थियो ।



