भिडियो चौतारी

अवैध मदिरा नष्ट

ललितपुर । धादिङ्गको गल्छि गाउँपालिका ४अदुवाबारी (रेग्मीटोल)मा शुक्रबार प्रहरीले अवैध मदिरा नष्ट गरेको छ । स्थानिय दिपक रेग्मीले चौतारी पोष्ट अनलाइनलाई बताए अनुसार स्थानिय र प्रहरीको सकृयतामा अवैध मदिरा प्रहरीले नष्ट गरेको हो ।
खुल्ला ढङ्गले जथाभावी रुपमा मादक पदार्थको बिक्रि वितरण रोक्न तथा मादक पदार्थको सेवनबाट समाजमा हुन सक्ने नकारात्मक असरलाई ध्यानमा राखेर स्थानिय र प्रहरीको सहकार्यमा मदिरा नष्ट गरेको रेग्मीले बताए । मादक पदार्थको जथाभावी बिक्रिवितरण र सेवनलाई नियन्त्रण गर्नका लागि स्थानिय प्रहरीको कार्यलाई स्थानियले धन्यवाद समेत दिएको रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button