
७ भदौ २०७७
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ स्थित मुख्य बजारक्षेत्रमा रहेको रत्नसुपर मार्केट आज शील गरिएको छ ।
सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट आइतबारबाट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारीदिएकाछन् । खड्काका अनुसार ‘व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’, उनले भने ‘सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक काम कारबाही अगाडि बढाएका छौँ ।’



