खबर

भक्तिनगर थाना इन्चार्जसहित पुलिस अधिकारीलाई लाइन हाजिर

भक्तिनगर थाना इन्चार्जसहित पुलिस अधिकारीलाई लाइन हाजिर
सेप्टेम्बर 4, 2020
सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिस थानामा एकपछि अर्को भ्रष्टाचारको मामिला अघि आएको छ। जमीनलाई लिएर दुई पक्षमाझ विवाद हुँदा पुलिसले एउटा पक्षलाई साथ दिएको सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटको भक्तिनगर थाना पुलिसमाथि आरोप उठेको छ। यसपछि भक्तिनगर थानाका इन्स्पेक्टर इन्चार्ज आईसी सुजय तुङ्गा र पुलिस अधिकारी सञ्जीव सुब्बालाई लाइन हाजिर हुने निर्देश दिएको छ। भक्तिनगर थानाका दुईजना अधिकारीलाई लाइन हाजिर गरेको सिलगढी मेट्रोपोलिटन पुलिसका उच्च अधिकारीहरूले पुष्टि गरेका छन्। प्राप्त जानकारीअनुसार सालुगढा निवासी सुशीला राय र सहरका चर्चित व्यापारी सुरेश अग्रवालबीच एउटा जमीनलाई लिएर विवाद चलिरहेको छ भने मामिला अदालतमा विचाराधीन छ। गत बुधबार यसै विवादलाई लिएर फेरि दुई पक्षमाझ तर्क-वितर्क हुनको साथै हातापाई समेत भएको बताइएको छ। पुलिसले एउटा पक्षका मानिसहरूलाई मात्र हिरासतमा लिएर उक्त मामिला समाधान गर्नको लागि दुवै पक्षलाई थानामा बोलाएको थियो। उक्त घटनापछि एउटी महिलाले सिलगढी पुलिस कमिश्नरलाई भक्तिनगर थाना पुलिसका अधिकारीहरू विरुद्ध उजुरी गरेकी थिइन्। यसैको आधारमा सिलगढी पुलिस कमिश्नरले हिजो बेलुकी भक्तिनगर थानाका दुई अधिकारीलाई लाइन हाजिर गरेको बताइएको छ।

राजगञ्जका गरिब शिशुकन्याको उपचार गर्ने दायित्व लिए दुई युवकले


सेप्टेम्बर 4, 2020

राजगञ्ज : सिलगढीका दुई युवक शुभङ्कर महतो र लोकनाथ साहाले सिलगढी टाइम्समा प्रसारित खबर देखेपछि बोलाकोवा साहेबबारी गाउँ निवासी गरिब परिवारको शिशु कन्याको उपचारको दायित्व लिएका छन्। आज ती दुई युवक जटिल रोगले ग्रसित शिशु कन्याको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरी उक्त शिशुको उपचारको लागि सिलगढी लिएर आएको बताइएको छ। स्मरण रहोस्, राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको साहेबारी गाउँ निवासी पेशाले दैनिक मजदुर नृपेन दासको नानी जटिल रोगले ग्रसित छन्। गत 1 अगस्तको दिन जन्मेको उक्त शिशु कन्याको रीढको हड्डी बाङ्गिएर अंग्रेजी अक्षर यु जस्तो भएकोले मेडिकलका डाक्टरले यसको उपचारको लागि कलकत्ताको गैर सरकारी अस्पतालमा लैजाने परामर्श दिएको छ। उक्त शिशुको उपचारको खर्च 2 लाख रुपियाँ लाग्ने भएकोले परिवारका सदस्यहरू असमर्थ छन्। यसैले नृपेनले आफ्नो नानीको उपचारको लागि सबैसित सहयोगको अपील गरेका थिए। यसपछि सिलगढीका दुई युवक नानीको उपचारमा सहयोग गर्नको लागि अघि आएका छन्।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button