
२०७७ भदौ १९ शुक्रबार
‘भारतीय केरा ल्याउदाल्याउदै कुहिन्छ’
प्रविता श्रेष्ठ
काठमाडौं, १९ भदौ । बल्खु कृषि तथा तरकारीमा बजारमा हाल ५० टन केरा दैनिक आउने गर्छ । लकडाउन अघि दैनिक करिब दुई सय टन केरा आँउदा पनि केरा स्टकमा रहदैन थिए । लकडाउन तथा निषेधाज्ञासँगै आधाभन्दा केरा आपुर्तिमा घटेको बल्खु तरकारी बजारका व्यवस्थापक अमर बानियाँले बताए । ५० टन केरा पनि हाल स्टक पर्ने गर्छ समय–समयमा ।
लकडाउन भएसँगै करिब ७० प्रतिशतले फलफूल खपत कम भएको जानकारी न्यौपानले दिएका छन् । बल्खु बजार भित्रिएको कुल केरामा ६० प्रतिशत नेपालको आन्तरिक उत्पादन रहेको छ भने ४० प्रतिशत भारतबाट आयात हुने गरेको छ । हाल कैलाली, कञ्चनपुर, बारा, चितवन आदि स्थानबाट भारी मात्रामा केरा खेती फैलिएको र काठमाडौं पनि भित्रिने तथ्य अमर बानियाँले प्रस्ट्याए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट पहिचान गरी व्यवसायिक रुपमा छुट्याएका केरा ‘पकेट जोन’, रौतहट, बारा, नवलपरासी, चितवन, कैलाली, कञ्चनपुरकबाट केरा बढी मात्रामा आइरहेको उनले जानकारी दिए । विशेष ः केलाली तथा कञ्चनपुरका ७५ बिघामा उत्पादन भएको केरा खेतीबाट राम्रो केरा बल्खु भित्रने गरेको व्यवस्थापक बानियाँ बताउँछन् ।
हाल, केरा नबिक्नु अर्काे कारण महानगरकाले ठेला गाडामा बिक्री बन्दको कारण रहेको बानियाँको बुझाइछ । घर–घरसम्मै पुग्ने फलफूल हाल, पसलवालाले मात्र बिक्री गर्ने हुदाँ खपतमा कमी आउनु स्वभाविक मान्छन् उनी ।
सुखद पक्ष यो पनि रहेको छ, कि यदि नेपालले भारतबाट केरा आयात दुई महिनाको लागि ठप्प पार्ने हो भने पनि दुई महिनाको लागि नेपालमै उत्पादित केरा पर्याप्त हुने व्यवस्थापक बानियाँ बताउँछन् । यद्यपि, नेपाल अझै पनि केरामा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ । जसको लागि अझै लामो समय लाग्ने उनी बताउँछन् ।
तथापि, केरा उत्पादनमात्र नभई गुणस्तरीय हुनु पनि जरुरी रहनेमा उनी जोड दिन्छन् । हाल आउने माल्दो केराको गुणस्तर खासै नभएको उनले बताए । जसको कारण भारतीय केरा सस्तो र रोजाइमा पर्ने गर्छ ।
जसरी आँप तथा सुन्तलाको समयमा नेपाली आँप तथा सुन्तलााको राम्रो गुणस्तरका कारण, भारतीय आँप र सुन्तला आफै विस्थापित हुन्छन्, त्यसरी नै केरा उत्पादनमा संख्यात्मक मात्र नभई गुणस्तरमा ध्यान दिन बानियाँ सुध्याउँछन् । ‘जी नाइन’ प्रजातिको केरा भने रुचिएको पनि उनले बताए ।
हाल, केरा नबिक्नु अर्काे कारण महानगरकाले ठेला गाडामा बिक्री बन्दको कारण रहेको बानियाँको बुझाइछ । घर–घरसम्मै पुग्ने फलफूल हाल, पसलवालाले मात्र बिक्री गर्ने हुदाँ खपतमा कमी आउनु स्वभाविक मान्छन् उनी ।
चितवनमा केरामा आत्मनिर्भर
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुरु भएको पाँच वर्षको अन्तरालमा तेस्रौं वर्षमा केरा ‘पकेट जोन’ पहिचान गरी केरा खेतीलाई अझ व्यवसायिक रुपमा विश्तृत गरिएको थियो । सोही कारण, नेपालमा केरा उत्पादन यस वर्ष बढेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका कर्मचारी मेगनाथ तिमल्सिनाले बताए ।
टिस्यु कल्चरबाट आएको ‘जि नायन’ केरामा प्राय रोग नदेखिने कारण कृषकको के्रज यसमा केरामा बढ्न थालेको पनि उनले बताए । बल्खु तरकारीबजारका व्यापारी रितेश गुप्ताकाअनुसार अहिले भारतीय केराको सिजन कम हुन थालेको छ । तर, यही बेला नेपाली केराको सिजन सुरु हुन्छ । भारतीय केरा आउदाआउदै कुहिन्छ अहिले, त्यही भएर नेपाली केराले बजार पाउन थालेको उनी बताउछन् ।
असारदेखि नेपालमा भएको केरा उत्पादनले कात्तिर्कसम्मलाई आत्मनिर्भर बनाउने दाबी मेगनाथ तिमल्सेनाको रहेको छ । केराको क्षेत्रफल र उत्पादन बढेका कारण पनि यस वर्ष आत्मनिर्भरको बाटो खुलेको जानकारी उनले दिए ।
चितवन, नवलपरासी, बारा, रौतहट, कैलाली, बर्दिया धेरै क्षेत्रफलमा फैलिएर बढी उत्पादन भएका छ । यद्यपि, भारतबाट आउने केरा कम मुल्य पनेृ कारण पुन फेरि सोही समस्या दोहरिन सक्ने पनि देखिएको छ । करिब २ हजार हेक्टरमा रहेको चितवनमा यस वर्ष १३ सय हेक्टरमा केरा खेती भयो जुन गत वर्ष एक हजार हेक्टरमा सिमित थियो । गत वर्ष प्रति हेक्टर २२ मेट्रिकन टन उत्पादन हुनेमा यस वर्ष प्रति हेक्टर २५ मेट्रिक टन केरा उत्पादन भएको उनले प्रस्ट्याए ।
गत वर्ष बाँडिएको एक लाख ‘जी नाइन’ जातको केराबाट राम्रो गुणस्तरको केरा उत्पदान भएको छ । सबैभन्दा बढी माल्दो जातको केरा खेती तथा उत्पादन यथाव नै छ । तथापि, लामो समय माल्दो केरा उत्पादन गर्दा ‘पानामा’ नामक रोग देखिन थाल्ने पनि उनले जनाए ।
टिस्यु कल्चरबाट आएको ‘जि नायन’ केरामा प्राय रोग नदेखिने कारण कृषकको के्रज यसमा केरामा बढ्न थालेको पनि उनले बताए । बल्खु तरकारीबजारका व्यापारी रितेश गुप्ताकाअनुसार अहिले भारतीय केराको सिजन कम हुन थालेको छ । तर, यही बेला नेपाली केराको सिजन सुरु हुन्छ । भारतीय केरा आउदाआउदै कुहिन्छ अहिले, त्यही भएर नेपाली केराले बजार पाउन थालेको उनी बताउछन् ।
बल्खु तरकारी बजारका प्रतिनिधि रेशम तामाङकाअनुसार बल्खु तरकारी बजारमा अहिले नेपालकै केराले धेरै ठाउँ पाउन थालेको छ । नेपालको केराको आकार सानो भएपनि यसको स्वाद भने राम्रो हुने उनी बताउछन् ।halokhabar/from
तस्बिरः रेशम तामाङ



