
आङ्गदेम्बे भन्छन् —‘सरकार गफ र चुट्किलामा समय बिताउँदैछ ’
मेचीनगर । नेपाली काँग्रेसका मेचीनगर समितिका सचिव हस्त आङ्गदेम्बेको आरोप छ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को सरकार गफ र चुट्किला सुनाएर समय कटाउँदैछ । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा उनले अहिलेको सरकारले कुनै पनि जनहितका काम गर्न नसकेको आरोप समेत लगाए । एक प्रसङ्गमा उनले नेपाली काँग्रेसले चेत खाई सकेको हुदाँ अबका दिनमा काँग्रेस हिजोलाई संझेर अघि बढ्ने बताए । प्रस्तुत छ नेपाली काँग्रेस मेचीनगरका सचिव आङ्गदेम्बेसँग गरिएको संवाद ।



