
गजल
लीलाराज दाहाल
शिखरहरु धस्सिएर खाडल मात्रै रहनेछन्
संसारभरि खरी झर्या मादल मात्रै रहनेछन् ।
कसरी पो लड्छौ युद्ध अर्धचेतन जङ्गलमा
यस्तो बेला तिम्रा गजल गजल मात्रै रहनेछन् ।
लैजान्छ खुसुक्क अर्कैले भएजति नदीनाला
हेर्दाहेर्दै जताततै यी ढल मात्रै रहनेछन् ।
खुसीको तलाउ सुक्नेछ देखिनेछ ठूलो लीला
वादशाहको वरिपरि पागल मात्रै रहनेछन् ।
बागमती ११, कर्मैया ,सर्लाही


