खबर

गाजासहित राई पक्राउ

२७ भदौ २०७७
दमक । अबैध चार किलो गाजासहित दमकमा एकजना पक्राउ परेका छन् ।
इलाम माङ्सेबुङ गाउँपालिका ६ घर भई दमक १ मामा चोकस्थित सुन्दर लावतीको घरमा डेरा गरी बस्ने २६ वर्षिय अर्पण राई पक्राउ परेका हुन् । लुकाई छिपाई राखी बेचबिखन गर्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठामा रहेको काठको पलङमा झोलामा राखेको ४ केजी ५८ ग्राम गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button