सृजनाको चौतारी

लोकले गाउँने गित हुन्छ

गजल

सागर भित्र गहिराईमा मोती टिपे जित हुन्छ।
मन भित्रको राग बिउँझे सज्जनलाई हित हुन्छ।।

आँधी बेहेरी झै उनको प्राण पखेरु उडदा पनि।
गह भरि मनमा हाँसो मानिसको रित हुन्छ ।।

बगैचाको फुल भित्र भमरा सँगै झुम्मिए पनि।
उनको बारी मेरो पिपल लगाएको मित हुन्छ।।

नितम्बनै देख्दा पनि मन कङ्गाल भयो भने ।
शुन्यमै बिलय हुने उनको अन्योल प्रीत हुन्छ ।।

कल्पनामै डुबि पलनै शब्दार्थको भाव खोजे।
प्रणयको झोलि भित्र उनले दिने शित हुन्छ।।

मनको भेल उर्लि बग्दा बिचार सड्लो भए पनि।
मुर्ख सम्मुख पर्यो भने संन्यासि त भय भित हुन्छ।।

अमृत पान गरे पनि संगत निचो हुँदा बखत।
बिष बनि फर्किएर लोकले गाउँने गित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button