
सोमवार, भदौ २९, २०७७
एजेन्सी – लन्डन क्लब आर्सनलका अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज अर्काे प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।
भिल्लाले मार्टिनेजलाई पहिलो रोजाईमा खेलाउन विश्वस्त पार्दै ४ वर्षको लागि १५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय मार्टिनेजलाई अनुबन्ध गर्न अर्काे प्रिमियर लिग क्लब ब्राइटनले पनि प्रयास गरेको थियो । तर, उनले भिल्ला पार्क नै रोजे । उनले शनिबारै स्वास्थ्य परिक्षण गराईसकेका छन् ।
आर्सनलमा प्रशिक्षक मिकेल अर्टेटाको पहिलो रोजाईमा नपर्ने निश्चित भएपछि उनी नयाँ क्लबको खोजीमा थिए । उनी शनिबार फुलहमविरुद्धको खेलमा टोली बाहिर रहेका थिए । मार्टिनेजले अर्काे साता सेफिल्ड युनाइटेड खेल्ने सम्भावना छ । टोलीका गोलरक्षक टम हिटन चोटसँग जुधिरहेको र अर्का नियमित गोलरक्षक म्याट रायनले खेल्ने सम्भावना न्युन छ ।
भिल्लाले आक्रमणलाई बलियो बनाउन वेर्डर ब्रेमेनका मिलोट रसहिका र लियोनका बर्टरान्ड ट्राओरेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । यस्तै भिल्लाले लिभरपुलका रिएन ब्रिउस्टेर र जोस किङलाई पनि अनुबन्ध गर्ने योजनामा छ । यि दुई खेलाडीलाई टोटेनहम र फुलहमले पनि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।hamrokhelkud/from



