कृषि र किसान

‘त्यतिखेर कुखुराका चल्लाहरू हेलिकप्टरबाट लगिन्थे पाख्रीबासस्थित कृषि केन्द्रमा’

२०७७ असोज ३

बेलायती राजकुमारीलाई कृषि केन्द्रमा बिफ्रिङ गरेका डा. श्रेष्ठ नै हुन धराने कालो बंगुर विकास गर्ने व्यक्ति
प्रबिता श्रेष्ठ

काठमाडौं, ३ असोज । नेपाली मुलका डा.नारायण प्रसाद श्रेष्ठ २२ वर्ष यता स्कटल्यान्डमा बस्दै आएका छन् । स्प्रिङग गार्डेनस्थित अबेरडिन मल्टीकल्चर सेन्टरमा कार्यरत उनले विदेश मै रहेर पनि नेपाली मानलाई उच्च नै राखिरहेका छन् ।

कृषि अन्र्तगतका ‘लाइभ–स्टक डिभलप्मेन्ट’ अर्थात पशु विकासमा विज्ञ रहेका डा.नारायण प्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा धेरै योगदान दिएका छन् । जसका लागि उनी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर मै विभिन्न अवार्डले सम्मानित पनि भएका छन् ।

स्वदेशदेखि विदेशसम्मको अध्ययन यात्रा
सन् १९८० मा त्रिभुवन विश्वविद्यालय मातहतको बिएस्सी एग्रीकल्चरका प्रथम ब्याच हुन्, नारायण श्रेष्ठ । अरुङखोलाका नवलपुर जन्मिएका डा.नारायण श्रेष्ठले कृषि क्षेत्रमा मुलधारको विषय कृषि लिएसँगै उनको यात्रा सुरु भयो ।

पाख्रीबासमा लाइभ स्टक डिभलप्मेन्ट अफिसरको रुपमा काम सुरु गरेका उनले पाख्रीबास धनकुटा कै कालो बंगुर जसलाई हाल धराने कालो बंगुरको नामले चिनिन्छ, सोही बंगुरको विकास गरेका थिए । ‘मासु उत्पादनको ध्येयले विकासित गरिएको उक्त कालो बंगुर ‘अन स्टेसन’ अर्थात कार्यलयको निश्चित वातावरणमा राम्रोसँग विकासित भयो’, नारायण श्रेष्ठ सम्झन्छन् ।

बिएस्सी पश्चात उनले रसुवा नुवाकोट एकिकृत ग्रामिण विकास परियोजनामा ६ महिना काम गरे । सन् १९८१ मा उनले पाख्रीबास कृषि केन्द्रमा जोडिए । सोही केन्द्रबाट उनले छात्रवृत्ति हासिल गरी स्नाकोत्तरको लागि स्कटल्यान्डस्थित एडिनबर्ग विश्वविद्यालय गए । एडिनबर्ग विश्वविद्यालयमा ‘ट्रपिकल एनिमल प्रोडक्सन एन्ड हेल्थमा’ मास्टर्स सकाएर उनी पुनः नेपाल फर्के । विदेशमा सिकेको ज्ञानलाई उनले पाख्रीबासमार्फत नै पोखे ।

पाख्रीबासमा लाइभ स्टक डिभलप्मेन्ट अफिसरको रुपमा काम सुरु गरेका उनले पाख्रीबास धनकुटा कै कालो बंगुर जसलाई हाल धराने कालो बंगुरको नामले चिनिन्छ, सोही बंगुरको विकास गरेका थिए । ‘मासु उत्पादनको ध्येयले विकासित गरिएको उक्त कालो बंगुर ‘अन स्टेसन’ अर्थात कार्यलयको निश्चित वातावरणमा राम्रोसँग विकासित भयो’, नारायण श्रेष्ठ सम्झन्छन् ।

तथापि, ‘अन फार्म’ अर्थात किसान माझ लैजाँदा ‘अन स्टेशन’ मा जस्तो अपेक्षित प्रतिक्रिया कालो बंगुरमा देखिएन । ‘अन फाम’ मा पनि पशु राम्ररी हुर्किएपछि मात्रा केन्द्रले सर्वसाधारणमा लाने गर्छ । यसै कारण, उनले आफ्नो पिएचडी पनि ‘पिग फर्टिलिटी’ मै गरे । सन् १९९९ मा उनले अबिरडिन विश्वविद्यालयमा पिएचडीका लागि मौका पाए ।

सन् २००० मा, पिएचडी सकी नेपाल फर्र्केने क्रममा पाख्रीबासको प्रोजेक्ट अध्ययन पनि कृषि अनुसन्धान परिषदलाई हस्तान्तरण गरिसकेको उनले पत्तो पाए । नेपालको स्थिति प्रतिकुल रहेको समयमा उनलाई ‘मेकटले इन्टिट्युट’मा रिसर्चरको रुपमा अफर आयो । ‘र, मैले त्यो अफर स्वीकारे, डा. नारायण प्रसाद श्रेष्ठ भन्छन् ।

धराने कालो बंगुर खास अर्थमा पाख्रीबासको कालो बंगुरबाट नै उनले विकासित गराएका थिए । मासु उत्पादनको हिसाबले विकसित गरिएको उक्त बंगुरको लागि । अध्ययनमा अपेक्षित रुपमा आउन नसकेन । यद्यपि, धराने कालो बंगुरको विकासमा उनको योगदान अझै पनि उल्लेखनीय छ ।

सन् १९८१ मा लाइभस्टक डिभलप्मेन्ट अफिसरको रुपमा पाख्रीबास कृषि केन्द्रमा जोडिएका डा. नारायण प्रसाद श्रेष्ठ १९९९ सम्ममा त्यहाँको लाइभ स्टक डेभलप्मेन्ट प्रमुख भइसकेका थिए । आफ्नो कार्यकालमा उनले थुप्रै रिसर्च तथा पशुपन्छी विकास पनि गरे । जस मध्य, गिरीराज कुखुरा, धराने कालो बंगुर तथा एयान्गुरा खरायो उनको स्मरण योग्य काम हुन् । पशु विकासको लागि रिसर्चमा लामो समय उनी खटिए ।

धराने कालो बंगुर खास अर्थमा पाख्रीबासको कालो बंगुरबाट नै उनले विकासित गराएका थिए । मासु उत्पादनको हिसाबले विकसित गरिएको उक्त बंगुरको लागि । अध्ययनमा अपेक्षित रुपमा आउन नसकेन । यद्यपि, धराने कालो बंगुरको विकासमा उनको योगदान अझै पनि उल्लेखनीय छ ।

धराने कालो बंगुरको सन्र्दभमा भने उनको मीठो सम्झना छ । सो समय बेलायती राजकुमारी डायनाले पाख्रीबास कृषि केन्द्रमा भ्रमण गरेकी थिइन् । डा. श्रेष्ठ भन्छन्, ‘राजकुमारी डायनाको कडा सुरक्षा निगरानीको समय करिब २० मिनेट उहाँलाई प्रत्यक्ष आफैले विस्तृत जानकारी दिन पाए । ’

पाख्रीबासमा रहदाँ गिरीराज कुखुरालाई नेपाल ल्याएको समय उनको लागि सँधै विशेष रहेको उनी बताँउछन् । पाख्रीबासमा कार्यरत समय उनी एक सम्मलेनका लागि ताइवान् पुगेको थिए । सम्मेलनमा उनले बैग्लोरको एक युनिर्भसिटीले गिरीराज कुखुराको बारे देखाएको प्रर्दशनीबाट उनी प्रभावित भए । राम्रो उत्पादन दिने, जीउडाल पनि लोकल कुखुरा जस्तो पनि देखिने र ‘ग्रोथे रेट’ पनि राम्रो भएको कारण उनलाई यस कुखुराको सम्भावना नेपालमा प्रबल हुने देखे ।

स्याल जस्ता जनावरले पनि लान नसक्ने पोथी गिरीराज कुखुरा ६ केजी र भाले आठ केजीसम्म हुनसक्ने जानकारीले उनलाई सो कुखुरा नेपाल भित्र्याउनु पर्ने कारण दिए । उनी स्वयमं बैग्लोर गई उक्त गिरीराज कुखुरा र अण्डा ल्याई ‘अन स्टेशन’ अध्ययनमा राखे । भारतीय परिवेशमा पाइने यस कुखुराको वातावरणीय परिवेश पनि मिलजुल भएको कारण ‘अन फार्म’ अपेक्षित परिणम नै आयो ।

त्यस अघि पाख्रीबासमा न्यु हेमेस्पियर, कालो अस्ट्रालोर्प आदि कुुखुरा अघि नै थिए । जमुना पारि, बिटल तथा बार्बरी प्रजातिका बाख्रा, पोल¥याथ भेडा, च्याङग्रा जस्ता अन्य धेरै पशुपन्छीहरूको मुल्यांकन तथा विकासमा पनि महत्वपुर्ण संलग्नता रहेको छ उनको ।

सोही क्रममा, ‘सोभियत चीत चिला’ नामक खरायो विकसित गरे, डा. श्रेष्ठले । मासु उत्पादनको ध्येय विकास गरिएको उक्त खरायो प्राविधिक रुपमा फिट रह्यो । तर, घरपालुवा जनावरको रुपमा देखिरहेका किसानले खरायोको सेवनको लागि रुचाएनन् ।

रोनास्ट दिपेन्द्र क्राउन प्रिन्स अवार्ड
१९८८ मा रोनास्ट दिपेन्द्र क्राउन प्रिन्स विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट डा. नारायण श्रेष्ठलाई सम्मानित गरियो । पाख्रीबास कृषि केन्द्र जहिल्यै पनि किसानहरूलाई कृषि क्षेत्रमा उत्पादनशील पशु तथा कृषि सामाग्री दिन सकिन्छ भन्ने मै केन्द्रित हुन्थे डा. श्रेष्ठ सम्झन्छन् ।

सोही क्रममा, ‘सोभियत चीत चिला’ नामक खरायो विकसित गरे, डा. श्रेष्ठले । मासु उत्पादनको ध्येय विकास गरिएको उक्त खरायो प्राविधिक रुपमा फिट रह्यो । तर, घरपालुवा जनावरको रुपमा देखिरहेका किसानले खरायोको सेवनको लागि रुचाएनन् ।

तब उनले मासु सेवनभन्दा पनि खरायोको रौं प्रयोग हुने विधि सोचे । ‘एयान्गुरा खरायो’ यसको लागि सबैभन्दा उत्तम थियो । यस रौं निकै राम्रो तथा गुणस्तरी हुने कारण एयान्गुरा खरायो उनले ल्याए । हिमाञ्चल प्रदेशमा बढी उक्त खरायो नेपालका वातावरणीय परिवेशमा पनि यो सफल नै हुने देखियो ।

‘अन स्टेशन’ मा राम्रो देखिएको उक्त खरायो ‘अन फार्म’ पनि पनि राम्रै रह्यो । पहिलो वर्षमै खरायो ‘रांै’को उत्पादन राम्रो देखियो । यद्यपि, रांै प्रशोधनका लागि उचित प्रविधि भएन । भेडाको जस्तो ऊन प्रशोधनका लागि हाते चर्खा प्रयोग हुन्थे । जुन, खरायोको ‘रौं’को लागि उचित थिएन । त्यस पछि, हाते चर्खाको सट्टा खुट्टाले चलाउने चर्खा उनी आफैले सुध्याए । खुट्टाले चलाउने चर्खा निकै उपयुक्त रह्यो खरायोको रौं प्रशोधनका लागि ।

यस कामको लागि महिला वर्गहरूको पनि सहभागिता देखियो । एयान्गुरा खरायोको ‘रौं’बाट बनेका गलबन्दी, पन्जा, स्वीटर जस्ता सामान बन्न थालेको उनी सुनाउँछन् । जसको माग राजदुवासमा समेत हुन थाल्यो । पस्मिनासँग मिसाई नयाँ नयाँ सामान बन्दा एक तर्फ महिला सहभागिता तथा आर्थिक उन्नति भयो भने अर्को तर्फ पशु विकासमा पनि राम्रै टेवा तथा उर्जा मिल्यो । यस अवार्डबाट सम्मनित भएका थिए । उपयुक्त पुश विकास, प्रविधि तथा महिला जीवनस्तर उन्नत गरै कै कारण मलाई उक्त अवार्ड प्रदान गरियो ।

अन्तराष्ट्रिय कार्य क्षेत्रमा पनि अब्बल
सन् २००० मा पिएचडी सकेपछि नै उनले तीन वर्ष मेकटले इन्टिट्युटमा रिसर्चरको रुपमा करिब तीन वर्ष काम गरे । त्यस पछि, उनी ‘न्यु क्यासल’ युनिर्भसिटीमा रिर्सचरको रुपमा काम गर्न थाले । ‘एयानिमल जेनेटिक’ आफ्नो रुचिकर विषय पनि रहेको कारण उनी अझ अभ्यस्त रहन थाले । जसमा उनले संगुर अध्ययन गर्न थाले ।

संगुरमा पनि राम्रो माउ जसले राम्रोसँग बच्चालाई हुर्काउने गर्छन् । भने, कतिपय सुंगुर जसले धेरै बच्चा जन्माउँदा थिचेर मार्ने गर्छन् । सोही क्रममा राम्रा माउको जेनेटिकलाई विकसित गरी सो अध्ययन सम्पन्न गरे । ‘मलाई अध्ययनको क्रम सबैभन्दा मज्जा र चाख लागेको विषय यही नै थियो ,’ डा. श्रेष्ठ भन्छन् । त्यस पछि, उनले धेरै संस्था तथा विश्वविद्यालयमा संलग्न रहे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रको अनुभव आर्जन गरिसकेका उनले यी दुई भिन्न क्षेत्रको अनुभव पनि गरिसकेका छन् । नेपाल रहदाँको मेहेनत र लगनशीलता दुः ख आफ्नो ठाउँमा रहे पनि हाकिमे प्रवृत्ति उनले अनुभव गरे । जसको कारण आफैले संलग्न हुँदा सिक्ने मौका अलि कम पाएको उनी मान्छन् । तर, विदेशमा आफुले गरिने अध्ययनमा नितान्त रुपमा आफै लाग्नु पर्ने रहेछ ।

लामो समयको जागिरे जीवनशैलीपछि उनले अन्य देशबाट आएका विद्यार्थी स्वयमं नेपालबाटै गएका विद्यार्थीहरूको लागि एक प्राइभेट युनिर्भसिटी स्कटल्यान्डमा खोले । जुन चार पाँच वर्षकोसम्म राम्ररी चल्यो । अन्य देशबाट आएका विद्यार्थीको सहजताको लागि खोलिएको भए पनि नियम अनुसार प्राइभेट युनिर्भसिटीमा पढ्ने विद्यार्थीले काम गर्न नपाउने भएपछि, उनले विश्वविद्यालय बन्द गरे ।

हाल डा. नारायण श्रेष्ठ एबर्डिन मल्टीकल्चर सेन्टरमा आवद्ध भने वातावरण परिवर्तन तथा च्यारेटी कार्यक्रममा क्रियाशील छन् । उनको योगदानका लागि अबेरडिन सिटी काउन्सिलले ‘इको–सिटी अवार्ड’ तथा ‘सि.इ.एम.भि.ओ एम्प्याक्ट अवार्ड इन्भाओरमेन्टल वर्क’ २०१७ जस्ता अवार्ड पनि प्राप्त गरेका छन् । नेपालमा अध्ययनरत कतिपय विद्यार्थीको लागि उनले छात्रवृत्ति पनि वर्षेनी प्रदान गर्दै आएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रको अनुभव आर्जन गरिसकेका उनले यी दुई भिन्न क्षेत्रको अनुभव पनि गरिसकेका छन् । नेपाल रहदाँको मेहेनत र लगनशीलता दुः ख आफ्नो ठाउँमा रहे पनि हाकिमे प्रवृत्ति उनले अनुभव गरे । जसको कारण आफैले संलग्न हुँदा सिक्ने मौका अलि कम पाएको उनी मान्छन् । तर, विदेशमा आफुले गरिने अध्ययनमा नितान्त रुपमा आफै लाग्नु पर्ने रहेछ ।

भिन्नता
योजनादेखि प्रप्रोजल, स्तरीय ल्याव सबै सिस्टमेटिक रुपमा चल्ने र चल्नु पर्ने हुन्थ्र्यो । स्रोत साधनको अभावका कारण काम जसरी नेपालमा काम रोकिन्थ्यो सो समस्या कहिल्यै पनि भोग्नु नपरेको उनीको अनुभव छ । ‘लिटरेचर रिभ्यु’ देखि लाईब्रेअरी तथा ल्याबको सुविधाले अध्ययन सबल बन्दै गएको उनी बताउँछन्

कतिपय अनुसान्धन ‘डोनरहरू’ले सहयोगमा हुने कारण उनीहरूले नियोजित आधारमा काम गरेको डा. श्रेष्ठ बताँउछन् । क्रमश उक्त वातावरण तोडिएपछि केन्द्रको अनुरुप अध्ययन हुन थालेको भोगाइ पनि उनीसँग छ । १९७३ मा स्थापना भएको पाख्रीबास कृषि केन्द्र रहदाँ उनले आफ्नो टिमसँग मिलेर धेरै आर्टिकल तथा पत्रिका पनि निकाले ।

स्मरणमा पाख्रीबास
डा. श्रेष्ठको स्मृतिको पानामा १९८१ अर्थात २०३८ सालको समय अहिलेको जस्तो सहज थिएन । पाख्रीबाससम्म जानको लागि गाडीको सुविधा नभएको कारण सदरमुकामदेखि पैदल हिडेको सम्झना अझै पनि उनको मानसपटलमा ताजा छन् । चल्लाहरू काठमाडौबाट हेलिकप्टरमा ल्याइन्थे ।

पशुको लागि खोपको अभाव समय समयमा हुने गरेको पनि उनले बताए । आएका खोपलाई व्यवस्थित रुपमा स्टोर गर्न बिजुलीको समस्या हुने गर्थे । गाउँमा चल्ला बाँड्नु अघि आठ हप्ता ‘अन स्टेशन’ मै खोप लगाइ प्रशिक्षण गरेपछि मात्रा बाँड्ने गरेको उनले सुनाए । तैपनि कतिपय कुखुरा चल्ला बाटोमै मर्थे । त्यस समय पशुको बारे अहिले जस्तो ‘लिटरेचर रिभ्यु’ सबैको हुँदैन थियो यस कारण ‘हाइब्रिड’ पशुपन्छी भित्र्याउन पनि सहज थिएन ।

कतिपय अनुसान्धन ‘डोनरहरू’ले सहयोगमा हुने कारण उनीहरूले नियोजित आधारमा काम गरेको डा. श्रेष्ठ बताँउछन् । क्रमश उक्त वातावरण तोडिएपछि केन्द्रको अनुरुप अध्ययन हुन थालेको भोगाइ पनि उनीसँग छ । १९७३ मा स्थापना भएको पाख्रीबास कृषि केन्द्र रहदाँ उनले आफ्नो टिमसँग मिलेर धेरै आर्टिकल तथा पत्रिका पनि निकाले ।

पाख्रीबासमा पशु विकासमा मात्र नभई हर्टिकल्चर, कृषि एक्टेन्सज जस्ता कृषिका अन्य काम पनि निरन्तर चलि नै रहे । जीवनको सिकाइ, भोगाइको समय पाख्रीबासमा बितेको छ । पाख्रीबास अनि नेपाल सँधै उनलाई स्मृतिका पानामा सुनौलो समयको रुपमा रहेको डा. नारायण प्रसाद श्रेष्ठ बताउँछन् ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button