खबर

रोकिएन देशभरी झरी, यस्तो छ मौसमविद्हरुको भविष्यवाणी

९ आश्विन २०७७
जनादेश, काठमाडौं ।
देशभर परिरहेको झरी रोकिएको छैन । बेमौसमी झरीका कारण देशका विभिन्न स्थानमा प्राकृतिक विपदका घटना समेत भएका छन् ।

विगत केही दिनदेखि परिरहेको झरी आज (शुक्रबार) पनि कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसोको मौसममा सामान्य देखि अधिकांश बदली रहने तर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

कुन प्रदेशमा कस्तो मौसम

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।

लम्बिने भो मनसुनी सिजन
यो वर्ष नेपालमा औत भन्दा बढी मनसुन सक्रिय हुने भएको छ । नेपालमा औसतमा जुन १० मा मनसुनको आगमन हुने र सेप्टेम्बर २३ मा बाहिरिने गरेकोमा केही वर्षयता मनसुन ढिला आउने र ढिला जाने क्रम सुरु भएको महाशाखाको भनाई छ ।

सन् २०१३ देखि सुरु भएको यस्तो क्रम यो वर्ष पनि देखिने भएको छ । यो वर्षपनि अक्टोबरको दोस्रो सातासम्म मनसुन सक्रिय रहिरहने सम्भवना छ । महाशाखाले बदलिएको मौसमी प्रणालीबारे अध्ययन भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button