स्वास्थ्य

विश्वमा ३ करोड २३ लाखमध्ये २ करोड ३९ लाख संक्रमितले जिते कोरोना

९ आश्विन २०७७

एजेन्सी ।

संसारमा अहिलेसम्म २ करोड ३९ लाख कोरोना संक्रमित भाइरस संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ३ करोड २३ लाख मानिस संक्रमित भएकोमा २ करोड ३९ लाख ४ हजार ६ सय भन्दा बढीले कोरोना जितेका हुन् ।

विश्वमा कोरोना संक्रमित हुने मानिसको कुल संख्या ३ करोड २३ लाख भन्दा बढी पुगेको छ ।
गत चौबीस घण्टामा ३ लाख ७ हजार कोरोना संक्रमित थपिएपछि अहिलेसम्म संक्रमित हुनेको कुल संख्या ३ करोड ३९ लाख ९४ हजार ७ सय भन्दा बढी पुगेको छ ।

त्यस्तै गत चौबीस घण्टामा थप ५ हजार ७ सय भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् । योसँगै संसारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ८७ हजार भन्दा बढी पुगेको छ ।
कुन देशमा कति
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ४४ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७१ लाख ८४ हजार नाघको छ ।

त्यहाँ २४ घण्टामा ९ सय जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ७ हजार भन्दा बढी पुगेको छ ।

त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८५ हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ५८ लाख १६ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा १ हजार १ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९२ हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा चौबीस घण्टामा ३२ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको स‌ंख्या ४६ लाख ५९ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button