स्वास्थ्य

दमकका दुई अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

९ असोज २०७७
दमक । झापाको दमक स्थित दुई अस्पताललाई एक गैरसकारी संस्थाले रु ४५ लाख बढीको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ ।
टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड १९ सङ्क्रमित बिरामीको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।

ती स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य मन्त्री भानुभक्त ढकालले हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्रीहरुमा २४०० थान डिस्पोजेबल मास्क, २७० थान फेस मास्क,२८८ थान पिपिई, १००० थान पन्जा, इन्फ्रारेड थर्मामिटर र भेन्टिलेटर इक्युपमेन्ट रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button