खेलकुद

रोनाल्डोको कोरोना रिपोर्ट फेरिपनि पोजेटिभ, बार्सासँगको खेल गुमाउने

१२ कार्तिक २०७७
एजेन्सी ।

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार रोनाल्डोको टिम युभेन्ट्सले बार्सिलोनासंग प्रतिस्पर्धा गर्दैछ । एल क्लासिकोमा रियल मड्रिडसंग पराजित बनेपछि मेस्सी सम्मिलित बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्ससंग खेल्न लागेको हो ।

एल क्लासिकोलाई रोनाल्डो भर्सेस मेस्सीको रुपमा समेत लिने गरिएको छ । रोनाल्डोले रियल मड्रिड छाड्दै टुरिन क्लब रोजेपछि दुई खेलाडीबीच प्रतिस्पर्धा हुन पाएको थिएन ।

नयाँ सिजनमा रोनाल्डो सम्मिलित युभेन्ट्स र मेस्सी सम्मिलित बार्सिलोना एकै समूहमा रहेका छन् । दुवै टिमले समूह चरणको पहिलो खेलमा बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो । रिपोर्ट पुन पोजेटिभ आएपछि बार्सिलोनाविरुद्ध हुने खेल रोनाल्डोले गुमाउने भएका हुन् ।janadesh.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button