स्वास्थ्य

भारतमा ८० लाख मानिस कोरोना संक्रमित, १ लाख २० हजारको मृत्यु

१३ कार्तिक २०७७
एजेन्सी ।

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ३ हजार २५१ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५०९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५६३ पुगेको छ ।

भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।

भारतमा जनसंख्याको अनुपातमा कोरोना परीक्षण दर कम रहेको विज्ञहरुको भनाई छ ।

भारतको जाँच अनुपात संसारमा सबैभन्दा कम मध्येमा पर्छ । यसको अर्थ भारतको अवस्था अहिलेको भन्दा भयावह हुनसक्छ र भारतले संक्रमित र मृत्यु हुने दुवै संख्यामा अमेरिकालाई पनि पछि पार्न सक्ने अनुमान छ ।janadesh.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button