
१५ माघ २०७७
धुलाबारी ।
नन्दलाल राजबंशीको अध्यक्षतामा २१ सदस्य राप्रपाको मेनपा १० वडा समिति गठन भएको छ । राप्रपा मेचीनगरका सभापति शुसील आचार्यका अनुसार लक्ष्मी देवी बस्नेतको अध्यक्षतामा ११सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक महिला १० नम्बर वडा समिति समेत गठन भएको छ । उक्त कार्यक्रममा राप्रपाका जिल्ला तथा स्थानीय कार्यकर्ताहरु कल्याण खड्का,सबिना बजगाई,अस्मिता खरेल, माया गुरुङ ,सुनिता शर्मा लगायतको उपस्थिति रहेको थियो।राप्रपा मेचीनगरकै वडा नं १३मा समेत राम प्याकुरेल को अध्यक्षतामा २१ सदस्य वडा समिति गठन भएको सभापति आचार्यले चौतारी पोष्ट अनलाइनलाई बताए ।



