
फागुन १, २०७७
पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानिय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।
फाइनल खेल दिउँसो २ बजेपछि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै स्थानिय टोली गण्डकी प्रदेश विभागी टोलीको वर्चस्व तोड्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
लिग चरणमा गण्डकी प्रदेशले एक सेटले पछि परेपनि उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । प्रतियोगितामा विभागीय टोलीको भिडमा आर्मी र एपिएफलाई हराएरको गण्डकी पुलिससँग सोझो सेटमा पराजित भएपनि उत्कृष्ट खेल पस्केको थियो ।
गण्डकीसँग कप्तान हरि पाण्डे, याम क्षेत्री, सुजन चोखाल, रुपेन्द्र गैरे, घनश्याम चौधरी, किरण गुरौ, राजन दर्लामीमगर, राजु बिक, ठक बहादुर गुरुङ, सन्जय परियार, इश्वर थापा र सन्तोष थापा रहेका छन् । गण्डकी प्रदेशलाई घरेलु समर्थकको पनि साथ रहनेछ ।
यता आर्मी पनि लिग चरणमा भोगेको हारको बदला लिदै उपाधि जित्ने लक्ष्मा कोर्टमा उत्रनेछ । लिग चरणको पहिलो खेलमै सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा गण्डकी सँग पराजित भएपनि त्यसपछि आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफ र नेपाल पुलिस क्लबलाई सहजै पाखा लगाउदै लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
टोलीसँग मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, हरि अधिकारी, दुर्गा बहादुर खड्का, हरि हजुर थापा, इश्वर थापामगर, सरन सामरी क्षेत्री, दिल बहादुर सुनार, भैरव बम, राजेन्द्र विष्ट, दुर्गा महतो र
राजेन्द्र केसीको साथ रहेको छ ।



