
फ्रेवुअरी 21, 2021
मिरिक: गोजमुमो बिमल खेमाको जनसभा आज मिरिकको आले मैदानमा सम्पन्न भयो। उक्त जनसभामा आज खरसाङ क्षेत्रबाट विभिन्न दल त्यागेर 40 भन्दा अधिक परिवारले गोजमुमो बिमलखेमालाई समर्थन जनाए। पार्टी अध्यक्ष बिमल गुरूङ, उपाध्यक्षद्वय आरपी वाइबा अनि लोपसाङ लामाले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।

अलिपुरद्वार जिल्ला तृणमूल नेताहरूद्वारा ‘बांग्ला निजेर मेयेकेई चाई’-को प्रचार
फ्रेवुअरी 21, 2021
अलिपुरद्वार : अलिपुरद्वार जिल्ला तृणमूल नेताहरूले आज अलिपुरद्वार जिल्ला कार्यालयमा ‘बांग्ला निजेर मेयेकेई चाई’ (बंगाल आफ्नो छोरीलाई चाहन्छ)-को प्रचार गरे। तृणमूल जिल्ला अध्यक्ष मृदुल गोस्वामीले आज अलिपुरद्वार कलेज हाल्ट इलाकामा तृणमूलको जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनमा आधिकारिक रूपमा यसको घोषणा गरे। जिल्ला अध्यक्ष मृदुल गोस्वामीले बंगाल बारम्बार वञ्चितको शिकार भइरहेकोले गर्दा आगामी विधानसभा चुनाउमा जिल्ला तृणमूलले बांग्ला निजेर मेयेकेई चाई नाराको साथमा अघि बढ्न चाहेको बताए। यस अवसरमा मृदुल गोस्वामी, अलिपुरद्वारका विधायक तथा जिल्ला प्रवक्ता सौरव चक्रवर्ती र तृणमूल छात्र परिषदका अध्यक्ष समीर घोष लगायत अन्य नेताहरू उपस्थित थिए।

भाजपाको परिवर्तन यात्रा आज मतिगढाबाट शुरू
फ्रेवुअरी 21, 2021
सिलगढी : विधानसभा चुनाउलाई केन्द्र गरेर भाजपाको परिवर्तन यात्रा आज मतिगढाबाट शुरू भयो। गत 11 फरवरीको दिन कुचबिहारबाट शुरू गरिएको भाजपाको परिवर्तन यात्रा हिजो सिलगढी आइपुगेपछि उक्त यात्राले सिलगढीको परिक्रमा गर्यो। यसपछि हिजो राति नै उक्त परिवर्तन यात्राको रथ सिलगढीको मतिगढा पुग्यो। यसपछि आज बिहान मतिगढादेखि उक्त परिवर्तन यात्रा शुरू गरियो। उक्त परिवर्तन यात्राले मतिगढा हुँदै फाँसीदेवा, नक्सलबारीको परिक्रमा गर्ने भएको छ।

तीनधारे-महानदी समष्टि स्तरीय गायन प्रतियोगिताको दोस्रो दिनको अडिसनमा 5 जना छनौट
फ्रेवुअरी 21, 2021
खरसाङ: खरसाङको तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसनको दोस्रो दिन महानदीमा सम्पन्न भयो। महानदीको सार्वजनिक भवनमा सम्पन्न अडिसनमा मोठ 7 जनाले अंश ग्रहण गरेका थिए भने 5 जनाले दोस्रो राउण्डमा प्रवेश गरेको छ। उक्त अडिशन कार्यक्रमलाई गायक सन्तोष लामाले सञ्चालन गरेका थिए। अडिशनको निर्णायकको रूपमा वरिष्ठ सङ्गीतकारद्वय राजु सुन्दास र महेश्वर लामा उपस्थित थिए। गत शुक्रबारदेखि सिमरिङबाट शुरू भएको तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसनमा मोठ 10 जना चयन भइसकेका छन्। अब तेस्रो दिनको अडिशन आगामी 22 फरवरीको दिन तीनधारेमा हुने भएको छ। स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको सभापति सुकुमार बराईलीले पत्रकारहरूसित कुराकानी गर्दै पहिलो सिजनको अपार सफलतापछि स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसन गत शुक्रबारदेखि सिमरिङबाट शुरू भएको थियो भने अडिशनको दोस्रो दिन महानदीमा सम्पन्न भयो। आगामी 22 फरवरीको दिन अन्तिम दिनको अडिशन तीनधारेमा हुने भएकोले सबै गायन क्षेत्रका युवाहरूलाई अंश ग्रहण गरिदिने तिनले आह्वान् गरेका छन्।siliguritimes/from,india



