कला

सङ्गम सांस्कृतिक यात्रा-६ सम्पन्न

२०७७ फाल्गुन १८
– काजी गाउले

”प्रगतिशिल गीत सङ्गीत संरक्षण आजको आबश्यकता ,
आन्तरिक पर्यटन प्रबर्द्धनमा हाम्रो सहभागिता” भन्नने मूल नाराका साथ पोखराबाट करिव २५ कि मि दुरिमा अबस्थित साबिक भदौरे तामागी गा बि स हाल पोखरा महानगर पालिका वडा नं २३ पन्चासेको काखैमा रहेको रमणिय पर्यटकिय गाउ सिधानेमा स्थानिय गाउं बस्ती पहाड पर्वत खोलानाला डाडाकांडाका शब्द र प्रगतिशील गित सङ्गीतको प्रस्तुति मार्फत सङ्गम सांस्कृतिक मन्च नेपालले सङ्गम सांस्कृतिक यात्रा -६ सम्पन्न गरेको छ ।
संगम सांस्कृतिक मन्च, नेपालले यस पटक फरक प्रकृतिको कार्यक्रम का लागि आतरिक पर्यटन प्रबर्द्धन मा टेवा पुग्ने हिसाबले पर्यटकिय स्थान सिधानेलाइ आफ्नो रोजाइमा पारेर आफ्नो ऐतिहासिक छैटौं यात्रा सम्पन्न गरेको छ । बिभिन्न सांस्कृतिक आन्दोलन छेडेर अघि बडिरहेका मन्चका जुझारु कलाकार का टोलिले यस पटक मन्चका उपाध्यक्ष चियाङ चोङ तमु, र सदस्य डि बि बान्तवाको संयोजन मा सिधाने सामुदायिक होमस्टे , सिधाने आमा समुह , सिधाने युवा समुह, प्रगतिशील आमा समुह , पन्चासे आदर्श युवा क्लबको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
मन्चका कलाकारहरुको करिव ३० जनाको टोलिलाइ स्थानिय सिधाने सामुदायिक होमस्टेमा सिधाने आमा समुह, सिधाने टोल बिकास संस्था, सिधाने युवा समुह, प्रगतिशिल आमा समुह, पन्चासे आदर्श क्लब, स्थानियहरु को बाक्लो उपस्थितिले लालीगुरांस, चिउरी, चापको फुल, स्थानिय फुलहरुका माला र अबिर लगाएर पहिलो स्वागत कार्यक्रम गरेका थिए ।
मन्चका कलाकारहरु सहित स्थानिय संघ संस्था का प्रतिनिधि , आमा समुह, सामुदायिक होमस्टे, युवा समुह का अध्यक्ष तथा पतिनिधिहरु, बुद्धिजिवीलाइ समेत कार्यक्रम सन्चालक पुर्व प्रधानाध्यापक मिन बहादुर गुरुङले आसन ग्रहण गराउनु भएको थियो ।
सिधाने सामुदायिक होमस्टे तथा सिधाने आमा समुह कि अध्यक्ष बालशोभा गुरुङ र सचिव जसोदा गुरुङले माला अबिर लगाइदिंदै आफ्नो सामुदायिक होमस्टे, सिधाने गाउमै पहिलो कार्यक्रम सङ्गम सांस्कृतिक मन्चले बिबिध सांस्कृतिक कार्यक्रम गर्न लागेको मा अत्यन्त हर्ष लागेको कुरा बताउनु भएको थियो । सो अबसरमा टोल बिकास समितिका अध्यक्ष लाल प्रसाद गुरुङले शब्दद्वारा स्वागत गर्दै आफ्नो गांउमा नयां पाहुना त्यस माथि पनि प्रगतिशिल गित सङ्गीत बोकेर आएका कलाकारहरुको यस्तो कार्यक्रमले गाउं नै पबित्र र आन्तरिक पर्यटन भित्र्याउन र पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने बिश्वास समेत गर्नु भएको थियो । त्यस्तै नृत्यद्वारा लालु गुरुङले स्वागत गर्नु भएको थियो ।
सो अबसरमा सिधाने गाउंको बारेमा तयार भएको मन्चका सदस्य डि बि बान्तवाको शब्द सङ्गीतमा रहेको गित तल्लो सिधाने, उपल्लो सिधाने को बिमोचन भएको थियो ।
मन्चका सल्लाहाकार भिम रानाभाट को शब्दमा रहेको गितलाइ सचिव बिकास लुङ्गेली र सदस्य रोशन लामाले सङ्गीत बद्ध गरेर सांस्कृतिक मन्चका कलाकारहरुले सम्पुर्ण उपस्थित महानुभाव हरुलाइ गित बाट स्वागत गर्दै कार्यक्रमको ढोका उघारिएको थियो ।
स्थानिय सिधाने र त्यस क्षेत्र वरपरका डाडापाखा, खोलानाला लाइ शब्दमा उतारेर मन्चका अध्यक्ष काजी गाउंले को शब्द संगीतमा तयार गरिएको कौरा गीत
‘फुरफुर भाछ यो मन
रहर बढ्यो झन हेर
सिधानेको आंगन टेकेर ‘
ले स्थानियहरु सहित मन्चका कलाकारु उक्त गितमा नाच्दा चिसो मौसम समेत तातिएको महसुस भएको थियो ।
-‘मनको भारी सारङ्गीमा सुर मिसाउदै
आपुग्यौं हजुरको घर आगनीमा’
– जिवन एउटा फुल हो
– गालामा बग्यो आसु
– अहिले सम्म कति बग्यो पानी गन्डकिमा
-जुनै सरकार आए नी
कान चिरेकै आइरहनी
हाम्ले दुख पाइरहनी
– देशको माया अपार
– खाचो अझै संघर्षको
-मेरो जिवन नेपाल आमालाइ
– भयो दुख बिर्साउनी
लगायत १ दर्जन बढि पर्यटन ब्यबसायलाइ प्रबर्द्धन गराउने चेतनामुलक गित र बिबिध प्रगतिशिल गितहरु गाएर कलाकार हरुले मनोरन्जनका साथ आम दर्शक श्रोता हरुलाइ मन्त्रमुग्ध बनाएका थिए ।
अतिथि कलाकार जनकर्मी कलाकार मन्चका संयोजक तथा जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष कर्ण बिद्रोहिले धौलागीरी क्षेत्रमा गाउने जोसिलो झ्याउरे लयको गित गाएर उपस्थित सबैलाइ नचाउनु भएको थियो ।सिधाने गुरुङ सङ्ग्राहालय को प्राङणमा भएको संगम सांस्कृतिक यात्रा-६ को करिव 3 घन्टाको कार्यक्रमको यसरी समापन भएको थियो ।सो कार्यक्रमको अध्यक्षता सिधाने टोल बिकास समितिका अध्यक्ष लाल प्रसाद गुरुङले गर्नु भएको थियो भने सन्चालन मन्चका सदस्य शान्ती बलम्पाकीले गर्नु भएको थियो ।
सांस्कृतिक यात्राको समापन पछि पनि बिबिध मनोरन्जनात्मक सांग्गीतिक कार्यक्रम भएको थियो ।
भोलि पल्ट अर्थात फागुन १५ गते बिहान पन्चासे नजिकै रहेको भन्ज्याङ वरिपरी को दृश्याबलोकन पश्चात बिहान को खाना उपल्लो सिधानेका जुझारु युवाहरु सिधाने युवा समुहका अध्यक्ष कुमार गुरुङ, कमल, बिजय लगायत , प्रगतिशिल आमा समुह का महिलाहरुले निशुल्क अर्गानिक खाना खुवाएर पन्चासे आधारभुत बिध्यालयका अध्यक्ष जो निरन्तर ३० बर्ष भन्दा बडि समय अध्यक्ष कै जिम्मेवार सम्हालेर अहिले पनि उतिकै सकृय , उमेरले ८३ बर्ष टेक्नु भएका कृयाशिल ब्यक्तित्व जगत बहादुर गुरुङ ले खाना पश्चात क्लाकारहरुलाइ सम्मान तथा बिदाइ गर्नु भएको थियो ।
बिहानको खाना पश्चात फेरी तल्लो सिधानेमा समेत बिदाइ को कार्यक्रम राखिएको थियो ।सिधाने सामुदायिक होमस्टे र सिधाने आमा समुहले कलाकरहरुलाइ खादा , टिका लगाएर सबैलाइ अर्गानिक एक एक मुठा मिठो साग दिएर होमस्टेमा अगिल्लो दिन देखिको खाजा खाना सबै निशुल्क भएको घोषणा गरेका थिए ।समाजसेवी पदम बहादुर गुरुङले सङ्गम सांस्कृतिक मन्च, नेपाललाइ सम्मान स्वरुप नगद रु १०,०००/- समेत प्रदान गर्दै फेरि फेरि पनि यस्ता चेतनामुलक कार्यक्रम लिएर आउनको निमित्त अनुरोध गर्नु भएको थियो ।
खोज मिडियाको साथ सङ्गम सांस्कृतिक मन्च नेपालालाइ शुरु देखि अन्त्य सम्म रहिरहयो ।moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button