
१९ फाल्गुन २०७७
न्युज अफ नेपाल काठमाडौं ।
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ। वार्ता सकारात्क दिशाउन्मुख रहेको सरकारले बताएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।



