स्वास्थ्य

प्रतिबद्धता गरेजति खोप नआउँदा खोप अभियानमा धक्का

काठमाडौं ,फागुन २६, २०७७
कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ। कोभ्यााक्सले पहिलो लटमा उपलब्ध गराउने भनेको खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्षमाथिकालाई मात्र खोप अभियान सुरु गरेको छ।

कोभ्याक्सले दिने भनेको र भारतबाट खरिद गरेर ल्याउने भनेको खोप पूरा नआएपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र दिन थालिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए। ‘कोभ्याक्सको पूरा खोप आएन, नेपालले भारतबाट खरिद गरी ल्याउने भनेको खोप पनि पूरा नआएपछि खोप दिने उमेर समूह संशोधन गर्‍यौं’, उनले भने।

खोप नपुगेपछि पूर्वघोषित उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए। ‘भनेजति खोप आउन नसकेपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र खोप दिन सुरु गर्‍यौं’, उनले भने। नेपाल आफैंले भारतबाट खरिद गरेर ल्याउने खोप मार्चभित्र आउने संकेत मिलेको छ। कोभिसिल्ड खोप नेपाल आइपुगेको अवस्थामा नेपालसित दोस्रो चरणमा जम्मा २३ लाख ४० हजार खोप हुनेछ।

चीनले अनुदानस्वरूप दिने भनिएको ५ लाख डोज खोप आउने कुरा पनि अहिलेसम्म निश्चित नभएको डा. उप्रेतीले बताए। नागरिक दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button