खबर

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

काठमाडौं, फागुन २७, २०७७
तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् ।

बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।

साथमै रहेको छोरालाई चितुवाले आक्रमण गरेपछि बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको बताए ।

चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने चितुवासँग भिड्दा बाबा र आमालाई सामान्य चोट लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button