
३ चैत २०७७
चौतारी पोष्ट अनलाइन
ललितपुर । संगीतकार एवम् संगीत संयोजक कुमार थापाले संगीत संयोजन गरेको गीत यस वर्षको हिट्स एफ एम म्यूजिक अवार्डमा उत्कृष्ट संगीत संयोजनका लागि मनोनयनमा परेको छ । प्रत्येक वर्ष हिट्स एफ एम ले आयोजना गर्ने गरेको विभिन्न सांगीतिक विधाका यस वर्ष थापाले संगीत संयोजन गरेको ‘एउटा खाता ’बोलको गीत मनोनयनमा परेको हो ।

दुई दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा यात्रारत थापाले दर्जनौ गीतमा लोभ लाग्दो संगीत भरिसकेका छन् । संगीतकारका रुपमा आफ्नो पहिचान बनाईसकेको थापा पछिल्लो समयदेखि भने संगीत संयोजनका क्षेत्रमा कृयाशिल रहेका छन् । यस वर्षको हिट्स एफ एम म्यूजिक अवार्डका लागि उत्कृष्ट संगीत संयोजनमा छनौटमा परेको थापाको गीतलाई समेत प्रस्तुत गरिएको छ ।



