खबर

‘ हामीले नेतृत्वमा महिलालाई ल्याएर उदाहरण दिएकाछौँ ’ शुसील आचार्य,

६ चैत्र २०७७
मेचीनगर । झापाको मेचीनगरमा शुक्रबार सम्पन्न राप्रपाको एकताको अधिवेशनले सविना बजगाँईको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । राजनीतिक दलको नगर नेतृत्व महिलाको काँधमा सुम्पने काम झापामा पहिलो पटक राप्रपाले गरेको छ ।
नगर समिति अध्यक्षका रुपमा शुक्रबारको अधिवेशनले बजगाँईको नेतृत्वमा २५ सदस्यीय समिति चयन गरेको थियो । चौतारी पोष्ट अनलाइनले जिल्लामै पहिलो पटक महिलाको नेतृत्वमा राजनीतिक दलको नगर नेतृत्व चयनका विषयमा राप्रपा मेचीनगरका निवर्तमान अध्यक्ष शुसील आचार्यसँग जिज्ञासा राख्दा उनले राप्रपा महिला हक, अधिकार र समानताका कुरा नारा र भाषणमा मात्र नगरि ब्यवहारमा समेत देखाउने पार्टी भएको जिवन्त उदाहरण भएको बताए । उनले एक जिज्ञासामा भने—‘ मेचीनगर राप्रपाका नेतृत्वमा महिला साथीको उपस्थितिले राप्रपा बोल्ने मात्र नभएर गर्ने पार्टी हो भन्ने प्रष्ट भएको छ भने यो अन्य राजनीतिक दलका लागि पनि एउटा सन्देश हो भन्ने हामीलाई लागेको छ ’ । आचार्यले शुक्रबारको नगर अधिवेशनबाट चयन भएको समितिलाई बधाई दिदै बजगाँईको कार्यकाल उत्साहपूर्वक र राप्रपाको संगठन विस्तारका लागि महत्वपूर्ण रहने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button